Worldlink ads

सहारा क्लब हङकङमा दीपक

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७८
sahara Hk

पोखरा । सहारा क्लब हङकङको अध्यक्षमा दीपक गुरुङ सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पनन तेस्रो अधिवेशनले दीपकको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्ष सरोज गुरुङ, द्वितीय उपाध्यक्ष सुमित्रा गुरुङ, महासचिव कुमार गुरुङ, सचिव ज्योति गुरुङ, कोषाध्यक्षमा प्रविन गुरुङ सह–कोषाध्यक्ष कमला थापा तथा सदस्यहरु कुमारी गुरुङ (माया), विकासकुमार गुरुङ, राजु गुरुङ, जगत गुरुङ, ओम गुरुङ, अप्पु गुरुङ, (बाबु), तिलक गुरुङ, कपिल गुरुङ, राजु गुरुङ, देवकाजी गुरुङ, प्रदीप गुरुङ, उर्मिला घले र गमन घले सर्वसम्मत चयन भएका हुन् ।
जोर्डन हङकङको चुम्लुङ हिममा भएको अधिवेशनमा तुलसीकुमार गुरुङ, सरोज गुरुङ, सल्लाहकार मीन गुरुङ, कमल पौडेल, देव गुरुङ लगायतले आफ्नो धारणा राख्दै निर्वाचित कार्यसमितिलाई बधाई दिएका थिए । कोभिड महामारीका कारण अधिवेशन भव्य गर्न नसकेको सचिव कुमार गुरुङले जानकारी दिए । यस्तै कोषाध्यक्ष सावित्रा गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width