जाजरकोटमा बस पल्टियो, ५ को मृत्यु, २८ घाइते

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७८
accident

पोखरा । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

जाजरकोट प्रहरी प्रमुख   डिएसपी मधुकुमार थापाका अनुसार आइतबार बिहान साढे २ बजेतिर भेरी नगरपालिका–१३ बराचउरमा बस पल्टिएर दुर्घटना भएको हो।

नेपालगञ्जबाट जाजरकोटको कालिमाटी जाँदै गरेको ना६ख २७५७ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमध्ये शेरबहादुर परियार, विद्या शाही  र सप्तरीका शिक्षक गंगाराम यादवको नाम खुलेको छ। अरु २ जनाको पहिचान हुन बाँकी रहेको डिएसपी थापाले बताए।

घाइतेहरुको खलंगा अस्पतालमा उपचार भइरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width