उल्लेरी कप सेभेन ए साइड हुने

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७८
ulleri

पोखरा । उल्लेरी युवा क्लब पोखरा–२२ ले ‘उल्लेरी कप पोखरा २२ सेभेन ए साइड फुटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
राष्ट्रको फुटबल खेलको विकास, खेलाडीको स्तर वृद्धि तथा आपसमा भाइचारा सम्बन्ध बढाउने उद्देश्यले आगामी मंसिर २२ देखि २५ गतेसम्म पोखरा २२, उल्लेरीस्थित ब्याडचौरमा सो प्रतियोगिता हुने शुक्रबार पत्रकार सम्मेलनमा जनाइयो ।
कोरोना महामारीका कारण लामो समयसम्म थलिएको ग्रामीण पर्यटनसँगै समग्र पोखराको पर्यटन क्षेत्र प्रवद्र्धनमा टेवा पुर्‍याउनु पनि प्रतियोगिताको अर्को उद्देश्य रहेको क्लब अध्यक्ष जीवन गुरुङले जानकारी दिए । प्रतियोगितामा कास्की लगायत छिमेकी जिल्लाका गरी करिब २२ टिमको सहभागिता हुने आयोजको अनुमान छ । सोको लागि विभिन्न समिति गठन गरी प्रतियोगिता तयारी तीव्र पारिएको छ ।
४ दिनसम्म चल्ने यो प्रतियोगितामा उपाधि विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार र तेस्रो हुने टिमले नगद १० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकीपरलाई ट्रफी तथा खेलकुद सामग्री पुरस्कार स्वरुप प्रदान गरिने प्रतियोगिता संयोजक याम गुरुङ ‘बुद्धिमान’ ले बताए । उनले पोखराबाट नजिकै रहेको उल्लेरी गाउँमा सञ्चालित होम स्टे प्रवद्र्धनमा पनि यो प्रतियोगिताले सघाउने हुँदा सबैबाट सक्दो सहयोगको अपेक्षा गरे । उनले गाउँमै फुटबल मैदान निर्माण गरिएको र क्लबले नियमित प्रतियोगिता सञ्चालन गर्दै मैदानको स्तरोन्नतिमा सघाउने बताए ।
क्लब अध्यक्ष जीवन गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन क्लब सचिव सुजन पौडेलले गरेका थिए ।
सिद्धार्थ राजमार्गअन्तर्गत कुभिण्डेबाट ३ किमी टाढा उल्लेरी गाउँ पर्छ ।

Related News

सम्बन्धित समाचार

  • यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ ।…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • वागमतीलाई बहिरा महिला फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको…
  • आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन

    आदर्श समाज सम्वाददाता माघ २०, २०८०
    पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ । शनिबार फाइनलमा पाँचौं पटकसम्मको…
  • आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ…

hero news full width