मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकिने

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७८
court supreme

काठमाडौं। सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशहरूसहित सर्वोच्च अदालतका न्यायाधीशको बिहीबार बस्ने पूर्ण बैठक (फूलकोर्ट) ले यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गर्नेछ ।

सर्वोच्च अदालतका १९ जना न्यायाधीशको आज बसेको अनौपचारिक बैठकले सर्वोच्च प्रशासनसँग सहमति गरी पूर्ण बैठक बस्ने र गोलाप्रक्रियाबाट सुनुवाइ गर्ने तय गरेको हो । सर्वोच्च अदालतका १९ न्यायाधीशले सर्वोच्च अदालतमा पूर्ण बैठक बस्नुअघि नेपाल बार एशोसिएशनका प्रतिनिधिसँग आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्ने तयारीसमेत रहेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको यही मङ्सिर २ गते बिहीबारको पूर्ण बैठक (फूलकोर्ट) ले गोलाप्रक्रियासहित नियमावली पास गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार सोमबार राजपत्रमा प्रकाशितसमेत भइसकेको छ । गोलाप्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एशोसिएशनको पनि थियो । उक्त माग पूरा हुने भएको छ ।

सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमितरुपमा बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।  रासस

Related News

सम्बन्धित समाचार

  • सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबबाट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • बड्स एकेडेमीमा सदन विभाजन

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । पोखरा–६, बैदामस्थित बड्स एकेडेमीले सदन विभाजन गरेको छ । कार्यक्रममा कक्षा २ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीलाई रातो,…
  • स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । ‘रेशम फिरिरी’ गीतका गीतकार एवं सर्जक बुद्धि परियारको स्मृति ग्रन्थ सार्वजनिक गरिएको छ । समानान्तर साहित्यिक मञ्च पोखराले…
  • गाउँगाउँमा निशुल्क स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पाल्पा । बगनासकाली गाउँपालिकाले गाउँगाउँमा बृहत् स्वास्थ्य शिविर चलाएको छ । गाउँपालिकाले ज्येष्ठ नागरिक, असहाय र उपचारको लागि घरदेखि टाढा…

hero news full width