पोखरा । अखिल नेपाल खेलकुद महासंघको प्रथम कास्की जिल्ला भेलाले वामदेव सुवेदीको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा विशाल गुरुङ, कोषाध्यक्षमा जीवन बाँस्तोला र सहसचिवमा होमनाथ विश्वकर्मा चयन भएका छन् । नेकपा माओबादी केन्द्र निकट खेलकर्मीहरुको यो संगठनले खेलकुदको माध्यमबाट युवाहरुलाई सही दिशामा डोर्याउने आफ्नो लक्ष्य बनाएको छ ।
‘हाम्रो टिमका सबै पदाधिकारी र सदस्यहरु धेरै पहिलेदेखि नै खेलकर्ममा जोडिनुभएको छ । युवाहरुलाई एकता राख्न र संयमित बनाउन खेलकुद सबैभन्दा सहयोगी पनि सिद्ध पनि मानिन्छ । त्यसैले हामीले भेलाको आयोजना गरेर संगठित रुपमा अगाडि बढ्ने निर्णय गरेका हौँँ ।’ अध्यक्ष चयन भएसँगै बामदेव सुवेदीले भने ।
नवगठित कार्यसमितिकै सकृयतामा निकट भविष्यमै कास्की जिल्लामा विभिन्न खेलकुद कार्यक्रमहरुको आयोजना गर्ने, खेलाडीहरुको वृत्तिविकासमा लक्षित कामहरु गर्ने र खेलकुद क्षेत्रलाई स्वच्छ अनि विवादरहित बनाउने काममा लाग्ने लक्ष्य लिएको कार्यसमितिका उपाध्यक्ष प्रकाश मल्लले बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१