केशर, प्रकाश, अर्जुन र महेश निर्वाचित

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७८
Nc Pradesh

स्याङ्जा । नेपाली कांग्रेसकोे १४ औं महाधिवेशनअन्तर्गत स्याङ्जाका ४ प्रदेशसभाका निर्वाचन मतपरिणाम सार्वजनिक भएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) सभापतिमा केशरबहादुर खाँण ‘धुव्र’ विजयी भएका छन् । उनले सीमा केसी कर्माचार्यलाई पराजित गर्दै आगामी कार्यकालका लागि निर्वाचित भएका हुन् ।
यस्तै, उपसभापतिमा बोधराज अर्याल र हुमबहादुर लम्साल ‘राजेन्द्र’, सचिवमा आशीष लम्साल र नवराज वाग्ले, सहसचिवमा वेदकुमार गुरुङ र राजेन्द्र शर्मा निर्वाचित भए ।
स्याङ्जा १ (ख) सभापतिमा प्रकाश तिवारी विजयी भए । रविन केसी उनका प्रस्पिर्धी थिए । उपसभापतिमा थानेश्वर पौडेल र प्रल्हादजंग मरासिनी, सचिवमा प्रताप पौडेल तथा शिवबहादुर थापा तथा सहसचिवमा उदयराज पौडेल ‘सन्तोष’ र युवराज हमाल निर्वाचित भए ।
उता, स्याङ्जा २ (क) सभापतिमा अर्जुनप्रसाद खनाल विजयी भए । सभापतिमा विद्या श्रेष्ठसँग प्रतिस्पर्धा थियो ।
यस्तै, उपसभापतिमा कुलबहादुर गुरुङ र भविश्वर कोइराला, सचिव डण्डपाणि पंगेनी ‘डण्डु’ र अमृत अर्याल, सहसचिव दीक्षान्तप्रताप खाँण र बोधराज कुँवर ‘राजु’ निर्वाचित भए ।
स्याङ्जा २ (ख) सभापतिमा महेश भट्टराईले कमलप्रसाद रेग्मीलाई हराउँदै निर्वाचित भए । उपसभापतिमा टीकाराम तिवारी र खगिसरा निर्विरोध बने । सचिवमा गोकर्णप्रसाद भट्टराई र रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित भएको जिल्ला निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
जिल्लाका ४ प्रदेशसभामा २ हजार २ सय ५९ मतदातामध्ये २ हजार २ सय २८ ले मतदानमा भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width