पोखरा । पोखरा १३ कुँडहरस्थित स्थित अरण्यज्योति पुस्तकालायमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमाझ छलफल कार्यक्रम भएको छ । छठ पर्वको आदिम मान्यता र वर्तमान धारणा साथै घर घर र टोल टोलमा पठन संस्कृतिलाई उकास्ने उद्देश्यअनुरुप छलफल चलाइएको हो ।
कार्यक्रममा पुस्तकालयका अध्यक्ष राजेन्द्र भण्डारीले छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्दै भक्ति र श्रद्धाका साथ मनाइने जानकारी दिए । यस पर्वमा पञ्चमीदेखि व्रत बस्ने महिला तथा पुरुषले छठका दिन साझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अघ्र्य दिएपछि रातभर नदी तथा तलाउको किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजा विसर्जन गर्ने परम्परा रहेको सुनाए ।
पर्वको सन्दर्भ अग्नि पुराण, महाभारत र राजदशरथकी रानी कौशल्याकालीन छठ व्रतको प्रसंगलाई सुसुचित गराउँदै पुस्तकालयले यस्ता पौराणिक महत्व बोकेका सम्पदाबारे वर्तमान र भविष्यका विराट सपना बोकेका विद्यार्थीलाई जानकारी गराउनुपर्ने दायित्व पुस्तकालयको भएको उल्लेख गरे । कार्यक्रमले परम्परागतरुपमा हुँदै आएको सिकाइलाई छाडेर नयाँ ढंगबाट सिकाइ हुने हुँदा विद्यार्थीहरुमा पठन संस्कृतिको भोक जाग्नेसमेत दाबी गरे । कार्यक्रमको संयोजन पुस्तकालयका कोषाध्यक्ष लक्ष्मीप्रसाद अर्यालले गरेका थिए । कार्यक्रममा ३२ जना विद्यार्थी सहभागी भएको पुस्तकालयका कार्यालय सचिव तसवर अलीले बताए ।
Related News
सम्बन्धित समाचार
पिसिएममा पाइथन प्रोग्रामिङ तालिम
मर्दीखोला प्रतिष्ठानद्वारा शैक्षिक सामग्री र छात्रवृत्ति वितरण
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१