Worldlink ads

मुढा बिक्री गरेर आम्दानी गर्दै कैदीबन्दी   

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०७८
muda

दमौली।  तनहुँ कारागारका कैदीबन्दी आम्दानी बढाउन लागिपरेका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी बढाउन लागेका हुन् ।यत्तिकै जाने समय सदुपयोग गर्दै मुढा बुन्न व्यस्त रहने गरेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी भएको रकम घर पठाउने गरेका छन् ।

आफूहरूले सीपको सदुपयोग गर्दै मुढा बुन्ने काम गरिरहेको कैदीबन्दी सुनिल पराजुलीले जानकारी दिनुभयो । “विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कैदीबन्दीले मुढा बिक्री गरेर दसैँ–तिहारमा घर खर्च पठाएका छन्”, उहाँले भन्नुभयो, “कैदीबन्दी यतिबेला मुढा बुन्ने, टायर राख्ने, बिट मार्नेलगायत काममा व्यस्त छन् ।”

मुढा बुन्ने कामले मन बहलाउनुका साथै आम्दानीको स्रोत पनि बनेको पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, “कारागारमा यत्तिकै बसिरह्यो भने पागलजस्तो भइन्छ । मुढा बुन्ने कामले चाहिँ दिन काट्ने वातावरण बनेको छ ।”

एउटा मुढा तयार गर्नका लागि दुई÷तीन दिन लाग्छ । कारागारमा रहेका कैदीबन्दीले दसैँ–तिहारमा बढी मात्रामा मुढा बुन्ने गरेका छन् । दसैँ–तिहारमा मुढाको बढी माग हुने भएकाले यस बेला कैदीबन्दीलाई मुढा बुन्न भ्याइनभ्याई हुने गरेको छ । मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् । यसरी काम गर्दा एक जनाले मासिक रु पाँचदेखि छ हजारसम्म कमाई गर्ने गरेका छन् ।

चाडपर्व सुरु भएसँगै कैदीबन्दीलाई मुढा बनाउन भ्याइनभ्याई हुन्छ । उनीहरू बुनेका मुढा गुणस्तरीय र आकर्षक भएकाले बजारमा माग रहेको कारागारले जनाएको छ । एउटा मुढा रु २५० देखि रु ६०० सम्म बिक्री हुने गरेको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कैदीबन्दीलाई सीपको सदुपयोग गरी मुढा बुन्न प्रेरित गर्दै आयआर्जन गर्ने वातावरण सिर्जना गरिएको उहाँको भनाइ थियोे । उक्त कारागारमा हाल २८२ जना कैदीबन्दी रहेका छन् । त्यसमध्ये आधाभन्दा बढीले कारागारमा मुढा बुन्ने गरेका छन् ।   रासस
–––

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग