स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले रु पाँच लाख बाराबरको फूल बिक्री गरेको छ ।
फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल बिक्री गरेर गाउँपालिकाले रु पाँच लाख आम्दानी गरेको हो ।
गाउँपालिकाले वडा नं ७ को बारीचौरमा पाँच र वडा नं ४ बिर्घा पुछारमा १४ रोपनी गरी कुल १९ रोपनी जग्गा भडामा लिएर सयपत्री फूलखेती गरेको थियो । फूल बिक्रीका लागि कुनै पनि समस्या नभएको र मागअनुसारको फूल प्ु¥याउन नसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रै रोजगारी सिर्जना गर्ने योजना अनुसार पहिलोपटक सुरु गरेको व्यावसायिक फूलखेती सफल भएपछि यसलाई सबै वडामा विस्तार गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय बासिन्दालाई आवश्यक पर्ने फूलको बीउ, प्राविधिक सहयोगसमेत उपलब्ध गराएर यसलाई फूलैफूलको गाउँपालिका बनाउने योजनाअनुसार हामी काम गर्दैछौँ ।” काम गर्ने किसानलाई आवश्यक सहयोग प्रदान गरेर प्रोत्साहन गर्ने कार्यमा गाउँपालिकाले कुनै पनि प्रकारको कन्जुस्याइँ नगर्ने अध्यक्ष थापाले बताउनुभयो ।
किसानले उत्पादन गरेका वस्तु बजारीकरणको जिम्मासमेत गाउँपालिकाले लिने अध्यक्ष थापाको भनाइ छ । कृषिका माध्यमबाटै स्थानीयवासीलाई स्वरोजगार बनाउने योजनाअनुसार गाउँपालिकाले नै पहिलो चरणमा फूल र ड्रागन खेती सुरु गरेको अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिकाले लगाएको फूलखेतीबाट पालिकावासीसमेत उत्साहित भएका छन् । पालिकाले लगाएको फूल ग्राहकको मागअनुसार पु¥याउन नकिएकाले आफूहरुलाई समेत यो खेतीतर्फ आकर्षित गरेको कालीगण्डकी–६ का हिराबहादुर गाहाले बताउनुभयो । व्यावसायिकरूपमा फूलखेती गरेर समेत मनग्य आम्दानी गर्न सकिने अवस्था गाउँपालिकाले सिर्जना गरेको उहाँको भनाइ छ ।
गाउँपालिकाले सुरु गरेको फूलखेतीबाट करिब ४०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने पालिकावासीलाई फूलखेतीमा लाग्ने प्रेरणा मिलेको छ । फूलखेतीमा स्थानीयवासीले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । फूल रोप्ने कार्यदेखि गोडमेल, फूल टिप्ने, माला बनाउने कामसम्म आइपुग्दा करिब ४०० जनाले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ ।
सयपत्री कर्मा ५५५ जातको फूल लगाइएकामा पहिलो चरणको फूल बिक्री गरेर सकिएको छ । तिहारअघि नै तिहारका लागि साथै अन्य विभिन्न कार्यक्रम, पूजापाठ, विवाह, सजावटलगायतका कार्यका लागि बगैँचामै आएर ग्राहकले फूल लगेका छन् । सयपत्री कर्मा ५५५ जातको फूल मङ्सिरसम्म टिप्न मिल्ने हुँदा पहिलो चरणमा फक्रिएका फूल बिक्री गरेर सकिएको र अहिले पनि ती बोटमा कोपिला लागिरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख हुमप्रसाद श्रेष्ठ (मनिष)ले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिमाला फुटकरमा रु ८० देखि ९० सम्ममा र होलसेलमा रु ४५ मा बिक्री भएको छ । फूलखेती गर्दा करिब रु दुई लाख ४८ हजार खर्च भएको र रु पाँच लाख आम्दानी भएकोसमेत गरेको कृषि शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
यहाँ उत्पादित फूल गण्डकी, लुम्बिनी, बागमती र कर्णाली प्रदेशसम्म निर्यात गरिएको गाउँपालिकाले जनाएको छ । बारीचौरलाई फूलैफूलको होमस्टे बनाउने पालिकाको योजना छ भने बिर्घामा ड्रागन खेतीसँगै फूलखेतीसमेत गरिएको छ । रासस
–––
Related News
सम्बन्धित समाचार
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
मस्र्याङ्दी जलासयमा मोटरबोट
पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिभल सुरु
विपद् प्रतिकार्यमा महानगर प्रतिबद्ध छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१