पोखरा । चौथो अभियान कप भलिबल प्रतियोगिता मट्टिखान युवा क्लबले जितेको छ । शनिबार फाइनलमा पोखरा टप्सलाई ३–१ सेटमा हराउँदै उसले उपाधिसहित ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो ।
उपविजेता पोखरा टप्सले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
अभियान युथ क्लबको आयोजनामा वाराही खेल मैदानमा भएको प्रतियोगितामा मट्टिखानले पोखरा टप्सलाई २५–२१,२१–२५,२५–१५ र २५–१७ को सेटमा हराउँदै उपाधि चुमेको हो ।
त्यसअघि सेमिफाइनलमा मट्टिखानले वाराही मावि तथा पोखरा टप्सले शान्ता बलिबल टे«निङ सेन्टरलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगिताको उत्कृत्ट खेलाडी मट्टिखानका राजकुमार नेपाली घोषित भए । यस्तै उत्कृष्ट सर्भर टप्सका विवेक ठकुरी, उत्कृष्ट ब्लकर मट्टिखानका रमेश गुरुङ, उत्कृष्ट डिफेन्डर मट्टिखानकै उत्तम गुरुङ, उत्कृष्ट सेटर मट्टिखानकै बेलबहादुर परियार र उत्कृष्ट स्पाइकर मट्टिखानकै भूपेन गुरुङ घोषित भए । विधागत उत्कृष्ट सबैले ट्रफी हात पारेको प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए ।
३ दिनसम्म चलेको प्रतियोगितामा १२ टिमले भाग लिएका थिए । विजेता बन्न सफल टिमले पाँचौ संस्करणमा स्वतः भाग लिन पाउने छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१