हिसान गण्डकीमा रमाकान्त

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०७८
hisan~ 2

पोखरा । हिसान गण्डकीको शनिबार प्रथम साधारणसभा तथा अधिवेशनले रमाकान्त बरालको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति चयन गरेको छ । स्टेप बाइ स्टेप मावि, पोखराका संस्थापक तथा निर्देशक रहेका बराल हिसानको केन्द्रीय सल्लाहकार समेत हुन् ।
कार्यसमिति वरिष्ठ उपाध्यक्ष डा. रामजी शर्मा (कास्की), उपाध्यक्ष छबिलाल कँडेल (नवलपुर), सचिव डा. पुण्यप्रसाद पौडेल (कास्की), कोषाध्यक्ष राजेन्द्रमणि पौडेल (कास्की), सहसचिव बालाकृष्ण शर्मा (बागलुङ) र सहकोषाध्यक्ष प्रताप कोइराला (नवलपुर) चयन भए ।
सदस्यमा कमलराज सापकोटा (कास्की), लीलानाथ काफ्ले (तनहुँ), जनक केसी (गोरखा), धनबहादुर थापा (कास्की), लीलावति प्रधान (कास्की) र दीपक शर्मा मरासिनी (स्याङ्जा) छन् ।
यस्तै, सल्लाहकार शेरबहादुर गुरुङ, सूर्यबहादुर जिसी, बाबुराम पन्त, डोलराज पाण्डे, गोपेन्द्रकेशरी न्यौपाने र प्रकाश शर्मा पौडेल चयन भए । आमन्त्रित सदस्यमा डा. त्रिभुवन शर्मा पौडेल छन् ।
यसअघि साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश शिक्षाको हब (केन्द्र) बन्न सक्ने प्रशस्त सम्भावना रहेको बताए ।
प्रदेश सरकारले प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित गण्डकी विश्वविद्यालय स्थापना गरेको मुख्यमन्त्री नेपालीको भनाइ छ । उनले भने, ‘गण्डकी प्रदेशलाई शिक्षा, खेलकुद लगायत धेरै चिजको हब बनाउन सकिन्छ । विदेशी विद्यार्थीसमेत पढ्न आउने परिकल्पनाका साथ गण्डकी विश्वविद्यालय बनेको हो । गुणस्तरीय शिक्षाको विकासका लागि निजी तथा तथा सरकारी विद्यालय र सरकारकाबीचमा राम्रो बहस हुनु आवश्यक छ ।’
वर्तमान संविधानमा आधारभूत शिक्षा सबैलाई अनिवार्य तथा माध्यमिक विद्यालयसम्मको शिक्षा निशुल्क हुनुपर्ने व्यवस्था गरेकाले सोको कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गरे । देशको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेकाले निजी क्षेत्रलाई निरुत्साहित गर्दा अर्थतन्त्र चल्नै नसक्ने अवस्था आउने भएकाले प्रोत्साहन जरुरी रहेको मुख्यमन्त्री पोखरेलले बताए ।
हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवालले शैक्षिक संस्थाको संख्या वृद्धि भएको र शिक्षामा पहुँच बढे पनि गुणस्तरको विकास नभएको बताउँदै व्यावहारिक र गरिखाने शिक्षाबारे संघ, प्रदेश र स्थानीय सरकारको चासो हुनुपर्ने बताए । निजी विद्यालय र शैक्षिक संस्था प्रतिस्पर्धा गर्न चाहने र प्रतिस्पर्धा गर्न नसक्नेलाई बजारले समेत अस्वीकार गर्ने उनको भनाइ थियो । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले निजी शिक्षा विदेशमा समेत रहेकाले नेपालमा यसलाई व्यवस्थित गर्नुपर्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ, शिक्षा समन्वय तथा इकाइ कास्कीका प्रमुख नारायण सुवेदी, महानगर शिक्षा शाखा प्रमुख हेम आचार्य, राष्ट्रिय परीक्षा बोर्डका कार्यालय प्रमुख विष्णुनारायण श्रेष्ठ लगायतले साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
हिसानका केन्द्रीय उपाध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सल्लाहकार रमाकान्त बरालले स्वागत र हिसान कास्कीका उपाध्यक्ष दिवाकर जैसीले सञ्चालन गरेका थिए । यसअघि जिल्ला र केन्द्रीय हिसान रहेकामा अधिवेशनले पहिलोपटक प्रादेशिक समिति गठन गरेको हो ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width