औंसा झिंगाबारे निर्देशनालयको अनुसन्धान प्रतिवेदन सार्वजनिक

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७८
ausa jhinga by shreebhadras

हेमजा । कृषि अनुसन्धान निर्देशनालय लुम्लेले तरकारीमा लाग्ने औंसा भिंmगा (झिंगौरा) को वयस्क भाले नियन्त्रणका लागि गरिएको अनुसन्धानकोे नतिजा सार्वजनिक गरेको छ ।
२ वर्ष लगाएर गरिएको उक्त अनुसन्धानको नतिजा निर्देशनालयले हालै सार्वजनिक गरेको हो ।
झिंगा नियन्त्रणका लागि जमिनको सतहमाथि ४० सेन्टिमिटरमा पासो थापे बढी प्रभावकारी हुने देखिएको छ । सामान्यतया किसानले जमिनको सतहभन्दा १ मिटर वा मान्छेको उचाइमाथि मात्रै त्यस्तो पासो थाप्ने गरेकोमा अनुसन्धानबाट उक्त पासो त्यति प्रभावकारी नदेखिएको निर्देशनालयका कीट विज्ञ डा. काशीनाथ चिलुवालले बताए ।
यसबारे निर्देशनलायले विभिन्न ५ विकल्पमा जमिनको सतहमाथि ४०, ८० र १२० सेन्टिमिटरमा पासो बनाएर अनुसन्धान गरेको थियो । जसमध्ये सबैभन्दा धेरै झिंगौराको वयस्क भाले सतहदेखि कम उचाइकोमा परेका थिए । ८० सेन्टिमिटर उचाइमा तल्लोको तुलनामा केही कम र सबैभन्दा माथिल्लो १ मिटर २० सेन्टिमिटरको पासोमा नगन्य/शून्यमात्रै झिंगा परेका थिए ।
उक्त पासोमा आवश्यकताअनुसार बजारमा पाइने मिथायल युजिनल, क्युलियर, यी दुवैको मिश्रण, मार्केट फर्मुला लगायत रसायन प्रयोग गर्न सकिने पनि निर्देशनालयले जनाएको छ ।
रसाइनको गन्ध भाले झिंगौराले पोथीको मानी पासोभित्र जाने गर्छन् । जसकारण झिंगौरा त्यहाँबाट निस्कन पाउँदैन र अन्ततः त्यही मर्ने गर्दछ । जसकारण पोथी झिंगौरासँग भालेको संसर्ग हुन नपाएपछि तिनीहरुको सन्तान उत्पादन प्रक्रिया नै बन्द हुने गर्दछ भने तरकारीमा झिंगौराको प्रकोप कम हुन्छ ।
निर्देशनालयका निर्देशक डा.कालिकाप्रसाद उपाध्यायले अनुसन्धानसँगै रोग किरा नियन्त्रणबारे किसानले प्रयोग गर्दै आएका कतिपय प्रविधिका परिमार्जन गर्नुपर्ने औंल्याए । झिंगौरा अर्थात् औंसाले विशेष गरी काँक्रा, फर्सी लगायतको फल कुहाउने गर्दछ । यसपटकको अनुसन्धानमा लुम्लेमा ७ प्रकारमा झिंगौरा फेला परेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width