मनाङ कांग्रेस सभापतिमा शंकर गुरुङ

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७८
Nepali-Congress-Manang

पोखरा । नेपाली कांग्रेस मनाङमा वडादेखि जिल्लासम्म सर्वसम्मत नेतृत्व चयन भएको छ । कांग्रेस मनाङको सभापतिमा शंकर गुरुङ चयन भएका छन् । जिल्ला सभापतिसहित सबै वडामा सर्वसम्मत पदाधिकारी चयन भएका छन् ।
जिल्ला सभापति बनेका गुरुङ यसअघि पनि कांग्रेस मनाङको सभापति थिए । उनी कांग्रेस विभाजन हुँदा तत्कालिन शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति पनि बनेका थिए ।
जिल्ला कार्यसमिति उपसभापतिमा यज्ञ घले र चन्द्र घले चयन भएका छन् । सचिवमा सुरेन्द्र गुरुङ दोहोरिएका छन् भने महेन्द्र घलेले पनि सचिवको जिम्मेवारी पाएका छन् । कोषाध्यक्षमा कर्माबहादुर गुरुङ चयन भएका छन् । सहसचिवद्वयमा काशीराम गुरुङ र सागर गुरुङ चयन भएका छन् ।
जिल्ला कार्यसमिति सदस्यहरूमा तिलो गुरुङ, कर्मढिण्डु गुरुङ, हरि गुरुङ, बिनाकुमारी गुरुङ, गमबहादुर गुरुङ, यमकुमारी गुरुङ, पूर्ण घले, ओमप्रसाद पुनदेन, दावाछिरिङ लामा, लप्साङ लामा, निमाछिञ्जो लामा, विष्णु लामा चयन भएका छन् । शुकबहादुर गुरुङ, पासाङ लामा, सुशीला लामा, अर्जुन बिक, केशर बिक, पूर्णमाया गुरुङ, अनिल गुरुङ, इन्द्रकुमारी लामा श्रेष्ठ, थिङदोर्जे लामा, सोमबहादुर नेपाली र बेदबहादुर गुरुङ पनि सदस्यमा चयन भएका छन् ।
प्रतिनिधिसभाका लागि एउटैमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ सभापतिमा छिरिङ घ्याल्बो लामा र ‘ख’ को सभापतिमा छिरिङ ओङमा गुरुङ घले चयन भएका छन् ।
मनाङबाट महाधिवेशन प्रतिनिधिहरूमा सभापति शंकर गुरुङसहित पूर्वसांसद पाल्तेन गुरुङ, पूर्वमन्त्री एवं निवर्तमान सभापति टेकबहादुर गुरुङ, कर्मा घले, चुङदे लामा, चिन्ताबहादुर घले, छाङदो लामा, बामे गुरुङ, टाँसी गुरुङ, गीता गुरुङ चयन भएका छन्। त्यस्तै मनकुमारी घले, दावा गुरुङ, कर्मा अलोङ गुरुङ, आशा लामा, अभिप्रसाद पुनेल, प्रेम लामा, गम्भीरजंग बिक, कर्मा गुरुङ, अनिल गुरुङ (क), खेटुक गुरुङ, अनिता लामा, पार्वती लामा, अनिल गुरुङ (ख), छोङगिर्मे गुरुङ, ओङगेल गुरुङ पनि महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
मनाङ कांग्रेसले स्थानीय तह र वडाहरुमा पनि सर्वसम्मत कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन गरेको छ । नेपाली कांग्रेस मनाङले जिल्लाको भौगोलिक विकटता र विपदको अवस्थालाई मध्यनजर गर्दै काठमाडौंमै अधिवेशन सम्पन्न गरेको हो । मनाङमा गत असार पहिलो साता आएको बाढी र पहिरोले आवतजावतमा निकै समस्या भएको र अधिकांश नेता–कार्यकर्ता काठमाडौंमै रहेकोले जिल्लाको सबै तहको अधिवेशन काठमाडौंमै भएको हो ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width