कांग्रेस गाउँ नगरमा पनि युवा नेतृत्व

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७८
damauli news

दमौली । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न गाउँ तथा नगरको निर्वाचनमा युवा नेतृत्व स्थापित भएको पाइएको छ । तनहुँका १० स्थानीय तहमध्ये ८ तहमा शनिबार भएको निर्वाचनमा ६ पालिकामा सभापति पदमा युवा निर्वाचित भएका छन् । व्यास नगरपालिकामा सूर्यचन्द्र हड्खले सभापतिमा निर्वाचित भएका छन् । उनले डम्बरबहादुर अधिकारीलाई हराएका हुन् । हड्खलेले २ सय ८२ र अधिकारीले १ सय ४१ मत प्राप्त गरे । उपसभापतिमा शोभा बढु अधिकारी ३ सय ३० र सुर्जकुमार मल्ल २ सय ९४ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी सुरेन्द्र पौडेलले ८८ र सुजन वाग्लेले ९० मत प्राप्त गरे । सचिवमा खेमराज पोखरेल २ सय ८१ र सुरेश पुरी २ सय ८९ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी सरोज भण्डारीले २ सय १ र सुनील रिजालले ४१ मत प्राप्त गरे । नगरको सहसचिवमा भने किशोरराज खनाल र मनबहादुर रुचाल निर्विरोध निर्वाचित भएका थिए । घिरिङ गाँउपालिकामा यामबहादुर थापा पार्टीको सभापतिमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । म्याग्दे गाउँपालिकामा रामभक्त घिमिरे सभापतिमा निर्वाचित भएका छन् । सभापति पदमा घिमिरे र विनोद खनालबीच प्रतिस्पर्धा भएको थियो । घिमिरेले १ सय ९ र खनालले ३९ मत प्राप्त गरे । सचिव, सहसचिव पदमा समेत युवाहरु निर्वाचित भएका छन् ।
सचिवमा गौरवराज राना १ सय १९ र सुन्दरमणि अधिकारीले ९२ मत प्राप्त गरी विजयी भएका छन् । आँबुखैरेनी गाउँपालिकाको सभापतिमा ५६ मत ल्याएर विष्णु पन्त निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी प्रीतम गुरुङले ३९ मत प्राप्त गरेका थिए ।
भानु नगरपालिकाको सभापतिमा रामकुमार श्रेष्ठ १ सय ३९ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी नवीनराज दाहालले १ सय २५ मत प्राप्त गरेका थिए । त्यस्तै उपसभापतिमा उर्मिला पन्थ १ सय ४१ र राजन श्रेष्ठ १ सय ५३ मत प्राप्त गरी विजयी भएका छन् । सचिवमा सीताराम बानियाँ १ सय ३६ र दीपेन्द्र अधिकारी १ सय २६ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ । बन्दीपुर गाउँपालिकामा कर्ण खत्री निर्वाचित भएका छन् । खत्रीले ६७ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी वैश गुरुङले ४५ मत प्राप्त गरेका छन् । यसैगरी उपसभापति पदमा कृष्णराज अधिकारी र गणेशबहादुर गुरुङ निर्वाचित भएका छन् । अधिकारीले ७२ र गुरुङले ९३ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार घनश्याम उपाध्यायले ४५ मत प्राप्त गरेका छन् । अन्य पद भने सर्वसम्मत भएको छ । सचिवमा कर्णबहादुर गुरुङ र सुनिल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सहसचिवमा चन्द्रबहादुर कार्की र रामचन्द्र भण्डारी निर्विरोध निर्वाचित भएका छन् । देवघाट गाउँपालिकाको सभापतिमा तिलबहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन् । शुक्लागण्डकी नगरपालिकाको सभापतिमा गोपिबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । भीमाद नगरपालिका र ऋषिङ गाउँपालिकामा भने अधिवेशन स्थगित भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width