विद्यार्थी बिरामी पर्न थालेकाले विद्यालय बन्द

रासस
असाेज १०, २०७८
school-3

पर्वत । धमाधम विद्यार्थी बिरामी पर्न थालेकाले कुश्मा नगरपालिका–११स्थित पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्राविका विद्यार्थीमा विगत एक सातादेखि ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिएकाले बन्द गरिएको विश्वज्योतिका प्रधानाध्यापक गणेश तिमिल्सिनाले जानकारी दिनुभयो ।

सुरुमा कक्षा ७ का विद्यार्थी बिरामी परेकामा सातापछि अन्य कक्षाका विद्यार्थीसमेत बिरामी परेकाले अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गरिएको उहाँले बताउनुभयो । अहिले पकुवाको साविक वडा नं ३ रानीस्वाँर क्षेत्रका अधिकांश विद्यार्थी बिरामी छन्् । विद्यार्थी बिरामी पर्न थालेपछि स्थानीय रानीस्वाँर प्रावि पनि बन्द गरिएको छ । सुरुमा बिरामी परेका विद्यार्थी एक सातासम्म पनि निको नभएका र अन्य विद्यार्थी पनि बिरामी पर्ने क्रम बढेपछि सङ्क्रमण नफैलियोस् भनेर विद्यालयमा पठनपाठन रोकिएको प्रधानाध्यापक तिमल्सिनाले बताउनुभयो ।

अहिले झण्डै ५० विद्यार्थी बिरामी भएकाले सबैको पिसिआर परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउन पहल भइरहेको वडाध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

भाइरल जरो र कोरोनाको लक्षण उस्तैउस्तै भएकाले सजगता अपनाउन विद्यार्थीलाई भनिएकाले उनीहरुले स्थानीय स्वास्थ्यचौकीमा जचाएर औषधि सेवन गरिरहेको प्रधानाध्यापक तिमिल्सिनाले बताउनुभयोे । जिल्लामा असोज १ देखि विद्यार्थीकै उपस्थितिमा पढाइ गरिएको थियो । जिल्लामा कोरोना सङ्क्रमण दर भने न्यून छ । अहिले जिल्लाभरमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात रहेको र ७५सङ्क्रमितको मृत्यु भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width