दि राइजिङ धरान र स्काइ गोल्स विजयी

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७८
Futsal 4 gate Photo 1

पोखरा । पोखरामा जारी ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगअन्र्तगत सोमबारको खेलमा दि राइजिङ क्लब धरान र मच्छिन्द्र स्काई गोल्स विजयी भएका छन् ।
पहिलो खेलमा धरानले काठमाडौंको प्रभातफेरीलाई ११–६ गोल अन्तरले पराजित गरेको हो । धरानका लागि म्यान अफ दि म्याच विकु तामाङ र रेवस मास्केले ह्याट्रिक गरे । मिलन राईले २ तथा मिलन लिम्बु, दार्जे तामाङ र सुदीप गुरुङले १-१ गोलको योगदान दिए । प्रभातफेरीका लागि धीरज श्रेष्ठले २ तथा धीरज जोशी, राज पौडेल, सिजन गुरुङ र सिर्जेश पुरीले १-१ गोल फर्काए ।
दोस्रो खेलमा काठमाडौंको मच्छिन्द्र स्काई गोल्सले रुपन्देहीको झरना स्पोर्टस् क्लबलाई ८–० को फराकिलो गोलअन्तरले हरायो । स्काईका लागि निर्मल गुरुङ र प्रकाश महतराले २-२ तथा अनिल खड्का, आशिष सुनाम, सन्जोग चाम्लिङ र रोशन अधिकारीले १-१ गोल गरे । खेलमा टिम कप्तान निर्मल गुरुङ म्यान अफ दि म्यान चुनिए । दुवै खेलमा उत्कष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ र ट्रफी हात पारे ।
लिगअन्तर्गत मंगलबार ३ खेल हुँदैछन् । पहिलो खेलमा स्पोर्टस् क्यासल र शंखमूल, दोस्रो खेलमा लुम्बिनी फुटसल र सविन मेमोरियल तथा अन्तिम खेलमा फुटसल फाइभ र ढुकु फुटसलबीच प्रतिस्पर्धा हुनेछ । असोज २२ सम्म पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा हुने खेलमा १० टिमको सहभागिता छ । लिग विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउनेछन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width