विद्यार्थीलाई पोशाक वितरण

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७८
ganeshman~

वालिङ । नेपाली कांगे्रसका संस्थापक नेता गणेशमान सिंहको २५ औं स्मृति दिवस अवसरमा विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । गणेशमान फाउन्डेसन काठमाडौंले गणेशमान स्मृति आधारभूत विद्यालय वालिङ ११, बिसौनीका विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।
फाउन्डेसनले विद्यालयका करिब ६५ जना विद्यार्थीलाई ट्रयाकसुट, टोपी, मोजा, गलबन्दी, जुत्ता वितरण गरेको हो । वालिङ नगर प्रमुख दिलीपप्रताप खांँणले शैक्षिक गुणस्तर वृद्धि गर्नतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए । शिक्षाको विकास नभई अन्य विकास हुन नसक्ने भएकाले आधुनिक र प्राविधिक शिक्षामा जोड दिंदै अगाडि बढ्नुपर्ने धारणा राखे ।
कार्यक्रममा कांगे्रस महासमिति सदस्य तथा नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारी, कांगे्रस पूर्व जिल्ला उपसभापति मुक्तिप्रसाद सुवेदी, कांगे्रस क्षेत्र २ (क) का सभापति अर्जुनप्रकाश अर्याल, नेपाल शिक्षक संघका जिल्ला सभापति लक्ष्मीप्रसाद रेग्मी, कांगे्रस वालिङ नगर सचिव भूपराज बगाले, रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, समाजसेवी शेषकान्त पुरी, लायन्स क्लबका एओजी चेतनारायण श्रेष्ठ, लायन्स क्लब अफ वालिङका अध्यक्ष चुत्रकुमारी थापा दुर्गा, विद्यालय प्रअ बविता खड्का, शिक्षिकाद्वय सुशीला श्रेष्ठ र प्रनिता अर्यालले लगायतले बोलेका थिए ।
यस्तै, एमाले वडा कमिटी अध्यक्ष झपटबहादुर थापा, राप्रपाका प्रतिनिधि इन्द्रलाल शर्मा पौडेल, वडा सदस्य चोलाकान्त पौडेल, नेवि संंघ स्याङ्जा काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष दीपेन्द्र क्षेत्री, नेविसंघ वालिङ नगर सभापति दीक्षान्तप्रताप खाँण, अभिभावक रेखा झेँडीलगायतले बोलेका थिए । पछिल्लो समय विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार आएसँगै विद्यालयमा विद्यार्थीको चाप बढ्दै गइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारकबहादुर थापा कृष्णले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width