जनगणनामा घरदैलोमै आउँदैछन् सुपरीवेक्षक

सविन लामिछाने
भाद्र २९, २०७८
damauli janaganana

दमौली । कोरोना प्रभाव कारण लामो समय स्थगित राष्ट्रिय जनगणनाको कार्य पुनः सुरु हुँदै छ । सरकारले भदौ ३० देखि असोज १८ सम्म नयाँ मिति तोकेसँगै ठाउँ ठाउँमा जनगणना तयारी तीव्र पारिएको छ ।
राष्ट्रिय जनगणनाका लागि पहिलो चरणका लागि तनहुँमा घर तथा घरपरिवारको सूचीकरणको तयारी सुरु भएको छ । जिल्लामा १ सय ३० जना सुपरीवेक्षक परिचालन हुँदैछन् ।
सुपरीवेक्षकले विभिन्न प्रश्न लेखिएको सूचीकरण फाराम भर्नेछन् । घर तथा घरपरिवारको सूचीकरणको लागि घरायसी विवरणमा घर कति तलाको छ र बनेको कति वर्ष भयो ? मुख्य रुपमा केको लागि प्रयोग गरिएको छ ? घरमा कति परिवार अलगअलग भान्सा गरी बसेका छन् ? यस्तै विभिन्न जग्गा जमिन, कृषि, पशुपंक्षीलगायत प्रश्नको उत्तर माग्न सुपरीवेक्षक आउन लागेका हुन् ।
देशैभर एकैपटक सुरु हुने जनगणनाको तयारीमा अहिले तनहँुमा सूचीकरणमा खटिने सुपरभाइजरको नियुक्ति र तालिम सञ्चालनको तयारी भइरहेको छ । पछिल्लो समय २०६८ सालमा गरिएको जनगणनाको क्रममा तनहुँमा मात्र ३ लाख २३ हजार जनसंख्या थियो । हाल जनसंख्या करिब ३ लाख ५० हजारको वरिपरि पुग्ने आँकलन गरिएको छ ।
यथार्थ विवरण संकलनको लागि २ चरणमा जनगणनाको काम सुरु हुन थालेको हो । जनगणनाको काम अघि बढाउन तालिमप्राप्त सुपरीवेक्षक सूचीकरणको काममा खटिने छन् । उनीहरलाई भदौ २७ र २८ गते तालिम सञ्चालन गरिएको थियो । पहिलो चरणको जनगणनाको लागि अन्तिम तयारी गरिएको जिल्ला जनगणना कार्यालय तनहँुका प्रमुख नन्दलाल सापकोटा जानकारी दिए । ‘सरकारले राष्ट्रिय जनगणनाको नयाँ मिति तोकेपछि सोही अनुसार तयारी व्यापक बनाएका छौं,’ उनले भने, ‘पहिलो चरणमा घर तथा परिवारको सूचीकरणको काम हुन्छ । दोस्रो चरणमा मूलगणनाको काम गरिनेछ ।’
सरकार यसअघि जेठ २५ देखि असार ८ सम्म राष्ट्रिय जनगणनाअन्तर्गत मूलगणनाको समय निर्धारण गरेकोमा कोरोना भाइरस संक्रमण तीव्र भएपछि रोकिएको थियो । सरकारले पुनः देशैभर एकैपटक जनगणना गर्न थालेको हो ।
जनगणनामा विभिन्न २५ वटा सूचक हुने छन् । जसमा घरमुलीको नाम, घर संख्या, महिला, पुरुष, तेस्रो लिंगीलगायत कृषिसम्बन्धी अन्य सबै विवरण संकलन गर्नुपर्नेछ । यसैको आधारमा सूची तयार पारिन्छ । अनि गणकले त्यही सूची आधारमा मूलगणनाको कार्य थाल्नेछन् । यसरी प्राप्त भएको तथ्यांकको विश्लेषणबाट सरकारले आफ्ना नीति तथा कार्यक्रम बनाउन सक्नेछ । नेपालमा १९६८ सालबाट जनगणना सुरु भएको थियो । हरेक १० वर्षमा गरिने जनगणनाको काम अभियानकै रुपमा सञ्चालन गरिएको छ । राष्ट्रिय जनगणनाबाट प्राप्त तथ्यांकबाट देश र नागरिकको जीवनपद्धतिबारे पत्ता लाग्ने भएकोले यो ज्यादै महत्वपूर्ण मानिन्छ ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width