बाढीपहिरो पीडितलाई राहत

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७८
rahat mauja

पोखरा । बाढीपहिरोबाट क्षति पुगेका पोखरा २०, कुनाका दलित बस्तीलाई राहत सहयोग गरिएको छ । दृष्टि युवा क्लबका संस्थापक अध्यक्ष एवं राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीका संस्थापक अध्यक्ष रामबहादुर लामिछाने र उनको परिवारबाट खाद्यान्न तथा नगद सहयोग गरिएको हो ।
पोखराको बैदाम घर भई हाल जापान बस्दै आएका नेपाल भलिबल संघ जापानका सल्लाहकार समेत रहेका रामबहादुर लामिछानेले त्यस क्षेत्रका बाढीपहिरोपीडितलाई १० हजार बराबरको सहयोग गरिएको जानकारी दिए ।
कार्यक्रमको संयोजन गरेका तेक्वान्दो प्रशिक्षक प्रितम कुँवरका अनुसार त्यस क्षेत्रका ६ घर परिवारलाई सहयोग गरिएको हो ।
गत भदौ १६ गते राति बाढीपहिरोले २ जना बालबालिका घाइते भएका थिए भने ११ घरमा क्षति पुगेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width