मन्त्री बराल बाढीपहिरो क्षेत्रमा

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७८
ramji baral~

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले यस वर्षको बाढीपहिरोबाट प्रभावित कास्कीका केही ठाउँको अवलोकन गरेका छन् । मन्त्री बरालले मादी गाउँपालिकाको चासु, पोखरा १३, कसेरी नजिकको बाढीपहिरोबाट प्रभावित क्षेत्रको शनिबार अवलोकन गरेका हुन् ।
पोखरादेखि काहुँखोला हुँदै पर्यटकीय गाउँ ताङतिङ जाने सडक गत असारबाट बाढीपहिरोले भत्काएका कारण हाल त्यसको वैकल्पिक बाटोबाट यातायात सञ्चालन गरिएको छ ।
पोखरा १३ आर्वाविजय, कसेरी नजिकको क्षेत्रमा बाढीपहिरोले पुर्‍याएको क्षति अवलोकन गर्दै मन्त्री बरालले जनताको आधारभूत आवश्यकता पूरा गर्न बाढीपहिरोले पारेको प्रभावलाई प्रदेश सरकारले सम्बोधन गर्ने जनाए । मन्त्री बरालसहितको टोलीसँग मादीमा नेकपा माओवादी केन्द्र मादी गाउँपालिका अध्यक्ष कृष्णराज दाहाल, मादी गाउँपालिका वडा ७ का वडाध्यक्ष लालबहादुर गुरुङ, पोखरामा पोखरा १३ का वडाध्यक्ष दर्शन लामा लगायतको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width