पार्टी फुटाउन गोप्य सम्झौता : गुरुङ

साधन राम्जाली
भाद्र २६, २०७८
cpn uml myagdi.do

म्याग्दी । नेकपा एमाले केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टीको औचित्य नभएको बताएका छन् ।
एमाले जिल्ला कमिटी म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गुरुङले सो कुरा बताएका हुन् । ‘माधव नेपालले ओलीसँगको झगडा र स्वार्थका कारण एमाले फुटाउनुभएको हो । कुनै विचार सिद्धान्त नमिलेर होइन । विचार, सिद्धान्त र संगठनबिना बनेको पार्टीको कुनै औचित्य छैन,’ उनले भने ।
विभाजनपछिका माओवादी, कांग्रेस लगायत पार्टीको उदाहरण दिंदै नेता गुरुङले भने, ‘फुटले कसैलाई पनि फाइदा गर्दैन । नेपालमा त झन् माउ पार्टी फोडेर बनेका नयाँ पार्टी शक्तिशाली भएको कुनै इतिहास छैन ।’ माधव नेपालले पार्टी फुटाउन प्रचण्डसँग गोप्यरुपमा लिखित सम्झौता गरेको भनेर माओवादीका नेताले नै आफूलाई सूचना दिएको उनको दाबी थियो ।
एमाले अध्यक्ष ओली र नेपालको सहमतिअनुसार नै १० बुँदे सहमतिपत्र तयार पारेको भएकोमा पछि माधव नेपालले धोका दिएको उनले आरोप लगाए । माधव नेपालले पावर सेयरिङ चाहियो भनेपछि पार्टी फुटबाट जोगाउन आफूले पार्टीको संरचना २ जेठ २०७५ को अवस्थामा फर्काउने, महाधिवेशनसम्म २ अध्यक्ष बनाउने प्रस्ताव गरेको स्मरण गरे । ‘माधव नेपालले पावर सेयरिङको कुरा गरेपछि पार्टीलाई पुरानै संरचनामा फर्काउने र महाधिवेशनसम्म २ अध्यक्ष बनाउने प्रस्ताव गरें,’ उनले भने, ‘तर माग गर्दैै जाने अनि निहुँ झिक्दै जाने त्यसपछि पार्टी छोडेर जाने उहाँको उद्देश्य रहेछ ।’
एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले पार्टी विभाजनले कसैलाई पनि फाइदा नहुने बताए । उनले २ नेताको झगडाले पार्टी विभाजन भएको र विभाजनले कसैलाई पनि फाइदा नहुने बताए । माधव नेपाल केही समयपछि एमालेमै फर्किने उनको विश्वास छ ।
नेता गुरुङले ओली सरकारले अध्यादेश ल्याउँदा मिडियाले ओलीलाई प्रतिगमनकारी भनेको र आज तिनै अध्यादेश देउवा सरकारले ल्याउँदा मौन बसेको समेत आरोप लगाए । नेता गुरुङले मिडियाप्रति आक्रोश पोख्दै भने,‘हिजो ओली सरकारले अध्यादेश ल्याउँदा, संसद विघटन गर्दा मिडियाले ओलीलाई प्रतिगमनकारी, गणतन्त्र समाप्त पार्न खोज्यो, संविधान समाप्त पार्न खोज्यो जस्ता अनेक लेखे । आज तिनै अध्यादेश देउवा सरकारले ल्याउँदा भने मौन बसेका छन् । यो कस्तो खालको हो ?’
कार्यक्रममा एमाले बागलुङ अध्यक्ष तथा प्रदेश सांसद इन्द्रलाल सापकोटा, एमाले गण्डकी प्रदेश कमिटी सदस्य नवराज शर्मा, एमाले म्याग्दी अध्यक्ष हरिकृष्ण श्रेष्ठ, उपाध्यक्ष देवेन्द्रबहादुर केसी, जिल्ला कमिटी सचिव बालकृष्ण सुवेदी लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width