पाल्पामा अक्सिजन उत्पादन सुरु

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०७८
Oxygen Plant

पाल्पा । पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य भएको हो । नेपाल सरकारको रु एक करोड ५० लाख लागतमा अक्सिजन प्लान्ट निर्माण पूरा भएको अस्पतालले जनाएको छ ।

तानसेनमा जडान गरिएको प्लान्टबाट प्रतिदिन ठूलो आकारका ५० सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभयो । उहाँका अनुसार पाल्पालगायतका छिमेकी जिल्लामा अक्सिजनको अभावका कसैले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको हो ।

जिल्लामा सञ्चालित सरकारी तथा निजी अस्पतालमा आवश्यक हुँदा अक्सिजन सहयोग हुने र कोरोनासँगै अन्य बिरामीका लागि घरमै लैजानसमेत अक्सिजन पर्याप्त भएको अध्यक्ष पाण्डेयले बताउनुभयो ।

इञ्जीनियर देवेन्द्र श्रेष्ठले प्लान्टको क्षमता ४२० लिटर प्रतिमिनेट रहेको जानकारी दिनुभयो । अक्सिजन प्लान्ट बढी क्षमताको भए पनि यसमा प्रयोग भएको बुष्टरले प्रति २० मिनेटमा एक सिलिण्डर भर्न सक्ने श्रेष्ठले बताउनुभयो । प्लान्ट ४० किलोवाट क्षमताको हो । बुष्टर ठूलो राख्दा प्रतिदिन १०० सिलिण्डरमा अक्सिजन उत्पादन हुने उहाँले जानकारी दिनुभयो ।

अस्पतालका मेसु डा जगदीश कुँवरका अनुसार अक्सिजनका लागि बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले पहिला बुटबल, नारायणगढलगायत स्थानमा पुगी अक्सिजन ल्याउनुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । कोरोनाको दोस्रो लहर आउँदा अक्सिजनको अभावमा बिरामी र आफन्तले सास्ती खेपेका थिए । -रासस

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width