पोखरामा हाप्किडोको बन्द प्रशिक्षण

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७८
soprt news 13

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले केही सिमित व्यक्तिहरुले खेलकुदलाई सोखको रुपमा मात्र प्रयोग गर्नाले नेपाली खेलकुद पछि परेको बताएका छन् । वल्र्ड हाप्किडो च्याम्पियनसिपमा नेपालबाट सहभागी हुने नेपाली खेलाडीहरुको पोखरामा सुरु भएको बन्द प्रशिक्षणको आइतबार उद्घाटन गर्दै मन्त्री बरालले केही व्यक्तिहरुले आफ्नो सोखका रुपमा मात्र प्रयोग गर्दा नेपाल्ी खेलकुद पछि परेको बताएका हुन् ।
निश्चित घरानीया मान्छेहरुले खेलकुदलाई आफ्नो सोखको रुपमा लिएको इतिहास रहेको उल्लेख गर्दै मन्त्री बरालले अब खेलकुदलाई जीवन पद्धतिको रुपमा विकास गर्न जरुरी रहेको बताए । मन्त्री बरालले केही युवाहरुमा नेपालभन्दा विदेशको माया बढी भएको दाबी गरे । उनले भने, ‘हामी नेपाली विश्वको सर्वेाच्च शिखर सगरमाथा देशका नागरिक हौं भन्ने हामीले हेक्का राख्न जरुरी छ ।’
आफ्नो खेल कौसलसहित विदेशमा जाँदा नेपालीको भाषा संस्कृतिको समेत प्रवद्र्धन गर्नुपर्ने मन्त्री बरालको भनाइ थियो । देशको इज्जत र प्रतिष्ठानको पहिचानका लागि आफ्नो बलबुताले भ्याएसम्म खेलकौसल प्रदर्शन गर्न मन्त्री बरालले आग्रह गरे ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले मार्सल आर्ट खेल आत्मरक्षाको लागि उपयुक्त खेल भएको बताउँदै हाप्किडो खेललाई नवौं राष्ट्रिय खेलकुदमा समावेश गर्न केन्द्रमा पहल गर्न सुझाव दिए । राज्यको ढुकुटीले मात्रै खेलकुद विकास सम्भव नहुने उनको भनाइ थियो । परिषदले आगामी १ दशकभित्र प्रतिस्पर्धाबाट छनोट भएर सिधै ओलम्पिकमा सहभागिता जनाउन सक्ने खेलाडी उत्पादनमा लाग्ने योजना रहको बताए ।
जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाले खेलाडीका लागि खेलकुदसँगै अनुशासन महत्वपूर्ण रहेको जनाए । यसैबीच, नेपाल मार्सल आर्टस् हाप्किडोको बन्द प्रशिक्षण पोखरामा सुरु भएको छ ।
कात्तिक ५ देखि ७ गते सम्म रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुने वल्र्ड हाप्किडो च्याम्पियनसिपमा सहभागिताका लागि पोखरामा बन्द प्रशिक्षण सुरु गरिएको नेपाल मार्सल आर्टस् संघ हाप्किडोका अध्यक्ष कालीबहादुर घर्ती मगरले बताए । बन्द प्रशिक्षणका संयोजक एवं कास्कीका अध्यक्ष खेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा युनाइटेड क्लब पोखराका अध्यक्ष राजु श्रेष्ठ, नेपाल मार्सल आर्टस् संघ हाप्किडो गण्डकीका अध्यक्ष एमबी आस्था लगायतले बोलेका थिए ।
पोखरा रंगशालामा हुने बन्द प्रशिक्षणमा देशभरका २० जना खेलाडी सहभागी छन् । बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई नेपाल मार्सल आर्टस् हाप्किडोका वरिष्ठ प्रशिक्षक कालीबहादुर घर्ती मगर, प्रमुख प्रशिक्षक सुष्मिता गुरुङ, सहायक प्रशिक्षकद्वय भुवन बुढा मगर र प्रविन गुरुङले प्रशिक्षण दिने कार्यक्रम रहेको सदस्य चन्द्रा पराजुलीले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width