पोखरा हिमालयनको आश्रममा सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७८
pokhara himalayans helps

पोखरा । लायन्स क्लब अफ पोखरा हिमालयनले मानव सेवा आश्रम, छोरेपाटनमा खाद्यान्न तथा किचन सामग्री सहयोग गरेको छ ।
क्लबले लायन वर्ष २०२१/०२२ को दोस्रो कार्यक्रमको रुपमा आश्रमलाई करिब ४० हजार रूपैयाँ बराबरको खाद्यान्न तथा किचन सामग्री सहयोग हस्तान्तरण गरेको हो ।
क्लब डाइरेक्टर विजयकुमार रञ्जितको संयोजकत्वमा भएको कार्यक्रममा पिएमसिसी दीपक श्रेष्ठ, क्लब अध्यक्ष लक्ष्मीप्रसाद द्वा, मानव सेवा आश्रम कास्कीका प्रमुख राजन सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत अशोक गुरुङ र सञ्चालन सचिव विष्णुमान कायस्थले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width