ए डिजिभन लिग फुटबल कात्तिक अन्तिम सातादेखि

रासस
श्रावण १८, २०७८
ANFA Nepal

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

एन्फा र लिगमा सहभागी हुने १४ क्लबका प्रतिनिधिबीच आज भएको बैठकले लिगको समय परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि ए डिभिजन लिग असोज ३ गतेदेखि तय भएको थियो । साफ च्याम्पियनशिप आगामी असोज तेस्रो साता आयोजना हुने भएकाले लिग ढिला गर्नुपरेको एन्फाले जनाएको छ । यसपटक लिग विजेताले रु ७५ लाख पुरस्कार प्राप्त गर्ने छ । यसअघि विजेताले रु ५० लाख पाउने गरेको थियो ।

यस्तै लिग उपविजेताले रु ५० लाख पुरस्कार प्राप्त गर्ने छ । यसअघि उपविजेतालाई रु २५ लाख दिइने गरिएको थियो । तेस्रो हुने टोलीले रु २५ लाख पुरस्कार प्राप्त गर्नेछ । ए डिभिजन लिगमा सहभागी हुने प्रत्येक क्लबलाई प्रतियोगिताको तयारीका लागि रु २० लाख उपलब्ध गराउने एन्फाले जनाएको छ । लिगको अङ्कतालिकाको पुछारमा रहने दुई टोली बी डिभिजनमा घटुवा हुनेछन् । लिगका लागि खेलाडीको दर्ता प्रक्रियाको थालनी भइसकेको छ । लिगमा सहभागी हुने १४ वटै क्लबले खेलाडीलाई अनुबन्ध गर्ने काम गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ ।…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • वागमतीलाई बहिरा महिला फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको…
  • आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन

    आदर्श समाज सम्वाददाता माघ २०, २०८०
    पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ । शनिबार फाइनलमा पाँचौं पटकसम्मको…
  • आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ…

hero news full width