सिर्जनाको वक्तृतामा रोशनी प्रथम

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७८
Srijana eloquence

पोखरा । पोखरा ८ शान्तिमार्गस्थित सिर्जना आवासीय माध्यमिक विद्यालयको व्यवस्थापनमा नेपाली वक्तृत्वकला प्रतियोगिता भएको छ । अनलाइनमार्फत भएको प्रतिस्पर्धामा कक्षा ६ देखि ९ सम्मका ४० जना विद्यार्थीको सहभागिता थियो ।
विद्यालयका प्रधानाध्यापक डोलराज पाण्डले विषम परिस्थतिका कारण भर्चुअल माध्यमबाट भए पनि विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि यस्ता प्रतियोगिताले मद्दत पुग्ने बताए । विद्यालयका शिक्षक एवं शैक्षिक परामर्शदाता शंकर पोख्रेलले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
‘महामारीले विद्यार्थी वर्गमा पारेको प्रभाव’ विषयक वक्तृत्वकला प्रतियोगितामा कक्षा ८ का छात्रा रोशनी भण्डारी प्रथम, कक्षा ९ का छात्रा सर्वज्ञ अधिकारी द्वितीय, कक्षा ८ का छात्र आयुष खड्का तृतीय भए । कक्षा ८ का छात्र मनीष कुँवर र कक्षा ९ का छात्रा सुवेक्षा खड्का सान्त्वना स्थानमा रहे ।
नेपाली विभागका शिक्षकहरू विष्णुप्रसाद सुवेदी, रीता आचार्य र सुरेन्द्र काफ्ले निर्णायक रहेका थिए भने कार्यक्रम सञ्चालन कक्षा १० का छात्र सुमन काफ्लेले गरेको शिक्षक विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width