स्वतन्त्रको राष्ट्रिय अधिवेशन तयारी

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७८
IJA KASKI

पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालले भदौमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । संघको पोखरामा आइतबार राष्ट्रिय अध्यक्ष केबी मसालको अध्यक्षतामा बसेको राष्ट्रिय समितिको बैठकले भदौ ५ गतेसम्म जिल्ला अधिवेशन र परिस्थिति सहज भएमा भदौ १८ र १९ गते राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
२५ जिल्लामा शाखा गठन गरेको संघले गत वर्ष आधा बढी शाखाको अधिवेशन गरिसकेको छ भने कोरोना महामारीका कारण बाँकी जिल्लामा स्थगित भएको थियो ।
संघले सामाजिक पत्रकारिता पुरस्कार वितरणका लागि सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width