महानगरका सरसफाइकर्मीलाई स्वास्थ्य सामग्री

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७८
mahanagar metro 2

पोखरा । नेपाल विकास समाजले पोखराका सरसफाइकर्मीलाई स्वास्थ्य सामग्रीसहित खाद्यान्न सहयोग गरेको छ । पोखराको दमकल कार्यालयमा कार्यक्रम गरी ६५ जना सरसफाइकर्मीलाई बुट र रेनकोट १/१ थान, पन्जा र मास्क २/२ जोर, मन्जन र साबुनसहित खाद्यान्न सामग्री हस्तारन्तरण गरिएको हो ।
महानगरका उपमेयर मन्जुदेवी गुरुङले अन्य समयमा पनि सरसफाइकर्मीको क्षेत्र आफैंमा जोखिमपूर्ण रहेको र पछिल्लो समय कोभिड १९ को संक्रमणले अझ जोखिम बढाएको बताउँदै सरसफाइकर्मीका लागि स्वास्थ्य तथा राहत सामग्री वितरण गरेकोमा संस्थाप्रति आभार व्यक्त गरिन् ।
नेपाल विकास समाज कार्यकारी निर्देशक डा. श्वेता कोइरालाले सरसफाइकर्मीहरु कोभिड १९ को संक्रमणबाट सबै भन्दा जोखिममा रहने भएकाले अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरिन् ।
ह्युमन प्राक्टिस फाउन्डेसन र फ्लाइङ एडको साझेदारीमा नेपाल विकास समाजले सामग्री हस्तान्तरण गरेको हो । नेपाल विकास समाजले जनस्वास्थ्यका क्षेत्रमा काम गर्दै आइरहेको छ । कास्कीका रुपा गाउँपालिकासहितका स्थानीय तहका अस्पतालमा चिकित्सक व्यवस्थापन गर्नुका साथै टोलटोलमा पुगेर नागरिकहरुको स्वास्थ्य परीक्षण गर्दै आइरहेको छ । संस्थाले रुपासँगै साबिक लेखनाथ नगरपालिका, स्याङ्जाको बिरुवा गाउँपालिका र गोरखाको पालुङटारमा जनस्वास्थ्यका क्षेत्र काम गर्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width