भूतपूर्व सैनिक एवं प्रहरीको जागरण अभियान

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७८
Ex police

पोखरा । संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघले विभिन्न जिल्ला स्तरीय जागरण अभियान कास्कीमा सञ्चालन गरिएको छ । वर्तमान समयमा भूतपूर्व सैनिक एवं प्रहरीहरुको सेवा सुविधा तथा हक अधिकारको विषयमा भुपू सैनिक अगुवाको उपस्थितिमा महासंघले शुक्रबार पोखरामा जागरण अभियान थालेको हो ।
महासंघका अध्यक्ष कर्णेल धनबहादुर थापाले जागरण अभियान नेपालका विभिन्न जिल्लामा सञ्चालन गर्ने बताए । उनकाअनुसार कास्कीसँगै बागलुङमा समेत अभियान चलाइएको थियो । कर्णेल थापाले महांसघमा देशका ८१ विभिन्न समिति आबद्ध रहेको बताए । उनले भूपू सैनिक तथा प्रहरीहरुको हक अधिकारको प्राप्तिका लागि जागरुक गरोउने उद्देश्यसहित कार्यक्रम तय गरिएको बताए ।
‘हामीलाई राज्यले चिन्न सकेको छैन, उनले भने, ‘हाम्रो अस्तित्व र पहिचानको लागि भुपूहरुलाई जागरुक गराउने र राष्ट्रियताको भावना उजागर गर्ने हाम्रो लक्ष्य हो ।’
उनले सुतिरहेको भूपूहरुलाई जागरुक गराउनकै लागि अभियान नै सञ्चालन गर्नुपरेको सुनाए । ‘भूपूहरु मौन बस्दा राज्यले वास्ता गरेन,’ उनले भने, ‘त्यसैले अस्तित्व जगाउन र देशमा हुने अराजकता र बेथितिविरुद्धमा लाग्न आवश्यक छ, त्यसैकै लागि भूपूहरु उठ्नुपर्छ ।’
उनका अनुसार कास्कीमा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेशको लमजुङ, तनहुँ, गोरखा, स्याङ्जा र लुम्बिनी प्रदेशको पाल्पाबाट समेत भूपू अगुवाको उपस्थिति रहेको थियो ।
कास्कीमा भएको अभियान कार्यक्रममा गार्खा ब्रिगेड समिति सल्लाहकार कर्णेल भुमबहादुर गुरुङलगायतले बोलेका थिए ।
महासंघले सामाजिक सुरक्षा भत्ता, सेवा सुविधा र हक अधिकारको विषयमा आवाज बुलन्द गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width