माओवादीको जिल्ला कार्यालय उद्घाटन

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७८
nawalpur

कावासोती । पूर्वी नवलपरासीमा नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयको शनिबार उद्घाटन गरेको छ । कावासोतीमा जिल्ला पार्टी कार्यालयको माओवादी केन्द्रका केन्द्रीय सदस्य किसान शर्मा गैरेले पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।
नेकपा एमालेसँग पार्टी एकता भएपछि एकै ठाउँबाट पार्टी कार्यालय सञ्चालनमा आए पनि पार्टी विभाजनपछि माओवादी केन्द्रले आफ्नो पुरानै कार्यालय रहेको घरमा पार्टी कार्यालय स्थापना गरेको हो । माओवादी केन्द्रका जिल्ला सचिव मित्रशरण शर्माको अध्यक्षतामा कार्यक्रम भएको हो ।
शर्माले नेपाली कम्युनिष्ट आन्दोलन यति बेला जटिल अवस्थामा आएको बताउँदै पुन इमानदार कम्युनिष्ट एक हुनुको विकल्प नरहेको बताए ।
यसैबीच, नेकपा माओवादी केन्द्रले शनिबार नै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको आठौं स्मृति कार्यक्रम कावासोतीमा गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width