८ लाख खोप भित्रियो

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७८
corona-vaccine_20201208011304

पोखरा । छिमेकी मुलुक चीनबाट बिहीबार कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ८ लाख मात्रा प्राप्त भएको छ । चीनसँग खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट बिहीबार खोप ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए । ल्याइएको खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखि देशभरि पठाइने उनले बताए ।
उनले निगमको नियमित उडानमार्फत लगातार ४ दिनसम्म खोप चीनबाट आउने जानकारी दिए । साउन १५ सम्म ३२ लाख मात्रा खोप नेपाल आउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७३ लाख ८२ हजार ८ सय ५० मात्रा खोप आइसकेको छ ।
यसैबीच, एसियाली विकास बैंक (एडिबी) ले कोभिड–१९ विरुद्धको खोप किन्न नेपाललाई १९ अर्ब ८० करोड रुपैयाँ ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी १ करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय बिहीबार गरेको मनिलास्थित बैंकको प्रधानकार्यालयले जनाएको छ ।
आफ्ना नागरिकलाई संक्रमणबाट बचाउन शीघ्र खोप खरिद अनिवार्य रहेको बताउँदै बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन नेपालका निम्ति खोप उपयोगी हुने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबबाट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार…
  • पोखरा चाइल्ड स्टार उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । पोखरा चाइल्ड स्टार सिजन–२ को उपाधि निलिषा गुरुङ र समीर कुमालले जितेका छन् । केटीतर्फ फस्ट रनरअप ईन्दु…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • बड्स एकेडेमीमा सदन विभाजन

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । पोखरा–६, बैदामस्थित बड्स एकेडेमीले सदन विभाजन गरेको छ । कार्यक्रममा कक्षा २ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीलाई रातो,…
  • स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । ‘रेशम फिरिरी’ गीतका गीतकार एवं सर्जक बुद्धि परियारको स्मृति ग्रन्थ सार्वजनिक गरिएको छ । समानान्तर साहित्यिक मञ्च पोखराले…

hero news full width