हराएको १७ वर्षपछि घर फिर्ता

रासस
श्रावण ७, २०७८

वालिङ । यहाँका एक पुरुष बेपत्ता भएको १७ वर्षमा घर आउनुभएको छ । नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता हुनुभएका वालिङ नगरपालिका– ६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किनुभएको हो ।

जनयुद्धका समयमा त्रासका कारण २०५९ असार १ गते घरबाट हिँड्नुभएका अर्याललाई दाङको लमहीमा भएको भन्ने परिवारले थाहा पाएपछि घर फिर्ता ल्याएको पत्नी बलीकुमारी अर्यालले बताउनुभयो । “यहीँको विद्यालयबाट भ्रमणमा गएका विद्यार्थी तथा शिक्षकले देखेपछि हामीलाई सुनाउनुभयो”, पत्नी बलीकुमारीले भन्नुभयो, “उहाँहरुले भनेको ठाउँमा गएर हेर्दा त होइछ, अनि फर्काएर लिएर आएका हौं ।” घरको मुली मान्छे अभिभावक नै बेपत्ता भएपछि चार जनाको परिवार पीडामा र सधैँ त्रासमा रहेको उहाँले सुनाउनुभयो ।

दश वर्षे द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको उजूरी आयोगमा परेपछि छानबिन आयोगले पीडित परिवारलाई भेट्ने क्रममा अर्याललाई घरमै परिवारसँग फेला पारेको थियो ।

त्यस्तै उता स्याङ्जाको पुतलीबजार नगरपालिका– २ का ५१ वर्षीय टुकबहादुर पौडेलको पनि उजूरी आयोगमा परेकामा उहाँ पनि परिवारसँगै रहेको पाइएको थियो । पौडेल २०५८ सालपछि बेपत्ता भएका र करीब १३ वर्ष घर नआएपछि परिवारका व्यक्तिले बेपत्ता भएको भनी आयोगमा उजूरी दिएका थिए ।

Related News

सम्बन्धित समाचार

    • पहिरोले गुर्जा खोला थुनियो

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      म्याग्दी । म्याग्दी नदीको सहायक खोला गुर्जा खोला थुनिएको छ । जिल्लाको धवलागिरि गाउँपालिका १, गुर्जास्थित खास्काको डाँडाबाट खसेको पहिरोले…
    • जनयुद्धका योद्धादेखि अर्थमन्त्रीसम्म

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      पोखरा । जनयुद्धका योद्धा रामजीप्रसाद बराल ‘जीवन’ ले यतिखेर गण्डकी प्रदेशमा महत्वपूर्ण मन्त्रालयको जिम्मा पाएका छन् । सादा जीवन उच्च…
    • जीवन प्रकाशमय बनाउन गुरुपरम्परा : प्रदेश प्रमुख पौडेल

      आदर्श समाज सम्वाददाता श्रावण १०, २०७८
      पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले ज्ञानरुपी प्रकाशले अन्धकार चिरेर जीवन प्रकाशमय बनाउन गुरु परम्पराको महत्वमा जोड दिएकी छन्…
    • गण्डकीमा २७७ निको, ४ को मृत्यु

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      पोखरा । गण्डकी प्रदेशमा थप २ सय ७७ जना निको भएका छन् । शुक्रबार ४ सय १० संक्रमणमुक्त भएकोमा शनिबार निको…
    • २ मन्त्री पाएसँगै स्याङ्जावासी खुसी

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      स्याङ्जा । स्याङ्जाले गण्डकी प्रदेश सरकारमा २ मन्त्री पाएको छ । शुक्रबार मन्त्रिपरिषद् पूर्णसँगै ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको स्याङ्जाले २…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads