पोखरा रंगशाला प्रशिक्षणका लागि खुला

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७८
Stadium3

पोखरा  । पोखरा रंगशालामा शुक्रबारदेखि आंशिक रुपमा खेलकुदका गतिविधि हुने भएका छन् । कोरोना महामारीका कारण ३ महिनादेखि स्थगित खेल गतिविधि आंशिक रुपमा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।
जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँले आफूहरुको आग्रह बमोजिम प्रशासनले कोभिडविरुद्ध स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर प्रशिक्षण लगायतका गतिविधि सञ्चालनको लागि अनुमति दिएको बताए । उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने खेलाडी तथा आसन्न नवौं राष्ट्रिय खेलकुदमा छनोट हुने खेलाडीको प्रशिक्षणलाई ध्यानमा राखी रंगशाला शुक्रबारदेखि खुला हुने भएको हो ।’
समितिको पहलमा राखेप, प्रदेश खेलकुद परिषद् गण्डकी र पोखरा महानगर खेलकुद विकास समितिको संयुक्त बैठकले प्रशिक्षण सुचारु गर्न प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको थियो । सोही बमोजिम डेलिगेसन टोलीलाई प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई प्रशिक्षणका लागि अनुमति दिएका समिति अध्यक्ष बानियाँले बताए । अनुमति अनुसार खेलाडीले रंगशाला छिर्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्नेछ । उनीहरु तोकिएको खेल स्थलमा बिहान बेलुका सिफ्ट अनुसार ६ देखि १२ जनाको दरले मात्र प्रशिक्षणमा भाग लिन सक्ने छन् । एउटा टोली फर्केपछि तोकिएका विभिन्न प्रशिक्षण स्थलबाट अर्को टोली प्रवेश गर्नेछ । पोखरा रंगशाला प्रवेश गरेपछि खेलाडीहरु आफ्नो प्रशिक्षणस्थल बाहेक अन्य स्थानमा घुमफिर भने गर्न नपाउने नियम छ । प्रशिक्षणका लागि आउने खेलाडीको नाम सम्बन्धित खेल संघलाई जिल्ला खेलकुद विकास समितिमा उपलव्ध गराउन अध्यक्ष बानियाँले आग्रह गरेका छन् ।
जिल्लामा कोभिड–१९ संक्रमण कमी नआएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले आगामी साउन ५ सम्म जिल्लामा निषेधाज्ञा कायम राखेको छ । जसमा खेलकुद गतिविधि लगायत पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, डान्सबार लगायत बन्द छन् ।
हालैमात्र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामै स्वास्थ्य सुरक्षा अपनाएर सेमि भर्चुअलरुपमा पोखरा स्पोर्टस् अवार्ड गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width