जनप्रियमा छात्रवृत्तिका लागि अक्षयकोष

आदर्श समाज सम्वाददाता
असार २४, २०७८
news parbin

पोखरा । लायन्स क्लब अफ पोखरा लालिगुराँसले जनप्रिय माविमा अक्षयकोष स्थापना गरेको छ । क्लबका वर्ष २०२१/२२ का अध्यक्ष कपिलदेव शर्माले क्लबले सञ्चालन गर्ने गरी अक्षयकोष स्थापना गरेका हुन् ।
लायन्स क्लब डिस्ट्रिक्ट ३२५ बि १ का एलसिआइएफ डिस्ट्रिक्ट को–अर्डिनेटर मोतिराज तिमिल्सिना र क्लब अध्यक्ष शर्माले जनप्रियका प्रअ देवीप्रसाद बस्ताकोटीलाई १ लाख २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । सो अक्षयकोषको व्याजबाट जनप्रियमा अध्ययन गर्ने गरिब तथा जेहेनदार ४ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिने क्लब अध्यक्ष शर्माले बताए ।
कार्यक्रममा क्लबका वर्ष २०२०/२१ का अध्यक्ष भरतराज अधिकारीले वर्ष २०२१/२२ का अध्यक्ष शर्मालाई क्लबको माइन्युट हस्तान्तरण गरेका थिए ।
अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ बि १ का एलसिआइएफ डिस्ट्रिक्ट को–अर्डिनेटर तिमिल्सिना, जनप्रियका प्रअ देवीप्रसाद वस्ताकोटी, लायन्स क्लब अफ सेतोगुराँसका अध्यक्ष वसन्त बास्तोला, लायन्स क्लब अफ पोखरा लालीगुराँसका पूर्व अध्यक्ष अनन्तप्रसाद अधिकारी, पूर्व अध्यक्ष मीनराज तिमिल्सिना, निवर्तमान अध्यक्ष भरतराज अधिकारी, रिजन चेयरपर्सन जीवन गोर्खाली, प्रथम उपाध्यक्ष ऋषिराम पौडेल, द्वितीय उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव भेषराज बास्तोलाले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width