पोखरामा उदाएका किरण

आदर्श समाज सम्वाददाता
असार १७, २०७८
kiran~

पोखरा । पोखराका किरण श्रेष्ठलाई स्कुल पढ्दादेखि नै खेलकुदमा रुचि थियो । फुटबल भनेपछि त उनी हुरुक्क हुन्थे । जीवनको सुरुवातमा उनले मार्सल आर्टस् पनि खेले । रोमाञ्चकारी खेल फुटबलमा रुचि बढ्दै जाँदा राष्ट्रिय खेलाडीको यात्रा तयसँगै ३ वर्षदेखि राष्ट्रिय टिमको प्रशिक्षक सम्मालिरहेका छन् ।
पोखराबाट व्यावसायिक खेलजीवन र प्रशिक्षण सुरुआत गरेका ४५ वर्षीय किरण एएफसीको ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । पोखराबाट उनीसहित हालसम्म २ जनाले राष्ट्रिय टिमको प्रशिक्षण सम्हालेका छन् । यसअघि कृष्ण थापा थिए ।
उनले पोखरा ड्यामसाइड क्लबबाट खेल सुरुआत गरेको बताउँछन् । त्यसपछि भने सहारा नै उनको लागि बलियो सहारा भइदियो । फुटबल खेलको सुरुआतीमा उनले २०५० सालमै सालमिगल कप खेल्न काठमाडौं गएको अनुभव स्मरण गर्दछन् ।
सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा २०५५ सालमा भएको क्याराभान गोल्डकप खेलेका उनले तत्कालीन आहा गोल्डकप (हाल आहारारा गोल्डकप) का सुरुआती संस्करणहरु खेले । सहारा क्लबबाट खेल्नेक्रममा काठमाडौंको जावलाखेल युथ क्लबमा ए डिभिजन खेले । कास्की जिल्लाबाट जिल्लास्तरीय फुटबल सबै खेले भने तत्कालीन गण्डकी अञ्चलस्तरीय खेलकुद प्रतियोगितामा भाग लिए । गण्डकी अञ्चलबाट त्यसबेला राष्ट्रिय लिग खेलेको उनी बताउँछन् । काठमाडौं साँगास्थित त्यसबेलाको दीपेन्द्र पुलिस स्कुल पढेका उनले त्यतिबेलै फुटबल खेलेको स्मरण गर्दछन् ।
फुटबलमार्फत सामाजिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले स्थापित सहारा क्लब पोखराको टिमबाटै उनको यात्रा प्रशिक्षणतर्फ मोडियो । सहाराको टिम हेर्दाहेर्दै काठमाडौंस्थित बौद्ध फुटबल क्लबमा दुई सिजन हेरे । उनले त्यहाँ सन् २०१२ देखि ०१३ प्रशिक्षण सम्हालेका हुन् । त्यसपछि नेशनल लिगअन्तर्गत सुदूरपश्चिम फुटबल क्लबमा हेड कोच सम्हाले । त्यहाँ उनले सन् २०१४ देखि ०१५ सम्म क्लब हेर्न भ्याए । पश्चिमबाट फेरि सहारा क्लब फर्किएका उनी सन् २०१८ देखि भने नेपालको राष्ट्रिय फुटबल टिम प्रशिक्षकमा जमिरहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई ३ वर्षअघि १२ औं साफ च्याम्पियनसीप लक्षित गर्दै प्रशिक्षक नियुक्त गरेको हो ।
बावु हिराकाजी श्रेष्ठ र आमा विष्णुमाया श्रेष्ठका सुपुत्र किरणका श्रीमती र १ छोरा र १ छोरी छन् । पृथ्वीचोक २०३३ सालमा जन्मेका किरण हाल काठमाडौंमा एन्फामै बस्छन् । हाल साफ च्याम्पियनसीप र एएफसी एशियन कप छनोटका लागि यसै साता क्याम्प सुरु हुँदैछ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ पोखरा स्पोर्टस् अवार्डमा उनी उत्कृष्ट प्रशिक्षक विधामा मनोनयनमा परेका छन् । असार १८ मा हुने अवार्ड वितरणमा उनको प्रतिस्पर्धा पौडीका आनन्द कुँवर र बक्सिङका सुरेश मल्ल ठकुरीसँग हुनेछ । तीमध्ये एकले ३५ हजारसहित अवार्ड जित्ने छन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width