प्रेस स्वतन्त्रताप्रति सधैं प्रतिबद्ध : मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
असार १७, २०७८
CM Bhetghat Photo

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमक्ष नेपाल प्रेस युनियनले शुक्रबार भेट गरेको छ । युनियन कास्की अध्यक्ष नवीन सिग्देल नेतृत्वको टोलीले मुख्यमन्त्रीलाई भेट गरी बधाईसहित सफल कार्यकालको शुभकामना दिएको छ ।
सोही अवसरमा युनियनले शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्कालाई पनि बधाई दिएको थियो । भेटमा मुख्यमन्त्री पोखरेलले प्रेस स्वतन्त्रताप्रति सधैं प्रतिबद्ध रहेको बताए । प्रेस युनियनले आफ्नै पार्टीको सरकार हुँदा धेरैखालका अपेक्षा गर्नु स्वाभाविक नै भएको बताउँदै माग पूरा गर्नु आफूहरुको दायित्व रहेको जनाए । सरकार अहिले ठिक लाइन र जनताको पक्षमा रहेको पनि उनको भनाइ थियो । पत्रकारको हकहितका लागि स्रोतसाधनले भ्याएसम्म पत्रकारसँगै सल्लाह गरेर अघि बढ्ने बताए ।
सामाजिक विकास मन्त्री तथा प्रवक्ता कुमार खड्काले यो वर्षको बजेटमा पत्रकारका लागि केही नयाँ कार्यक्रम ल्याएको बताए । बजेटमा पत्रकारका लागि २ करोडभन्दा माथिको बजेट छुट्याएको उनको भनाइ छ । पत्रकार महासंघको भवन नबनेका ६ वटा जिल्लामा भवन निर्माणका लागि ६० लाख बजेटको प्रस्ताव गरेको उनले जानकारी दिए ।
युनियन कास्की अध्यक्ष सिग्देलले श्रमजीवी पत्रकारको मनोवल बढाउनेखालको कार्यक्रममा प्रदेश सरकारको साथ आवश्यक रहेको बताए । प्रेस स्वतन्त्रताका लागि अघिल्लो सरकारले भन्दा १० गुणा बढी काम गर्नुपर्ने उनको धारणा थियो ।
भेटका क्रममा युनियन केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले मिडियाको अवस्था हेरेर उनीहरुको मर्म बुझ्नुपर्ने बताए । मिडिया विधेयकमा छलफल गरेर मिडियामैत्री बनाउनु पर्ने धारणा राखे । प्रेस युनियनका सल्लाकार गंगाधर पराजुलीले पत्रकार, मिडिया हाउस र महासंघलाई सक्षम र सदृढ बनाउँदै लैजानुपर्ने बताए ।
प्रेस युनियन कास्कीका राजबहादुर गुरुङ, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, गंगाधर पराजुली, पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारी लगायतले आमसञ्चार प्रतिष्ठान, लोककल्याणकारी विज्ञापन लगायतको विषयमा आ–आफ्नो भनाइ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width