बाढी–पहिरो पीडितलाई घर हस्तान्तरण

साधन राम्जाली
असार १६, २०७८
House myagdi

म्याग्दी  । प्रवासी म्याग्देलीहरुको संस्था मोनाले घर हस्तान्तरण भएको छ । गतवर्ष वर्षासँगै आएको बाढीपहिरोबाट विस्थापित म्याग्दीको बेनी नगरपालिकाका ४ परिवारलाई बनाइदिएको घर मङ्गलबार हस्तान्तरण गरिएको हो ।

प्रवासी म्याग्दी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिअन्तर्गत मोनाद्वारा बाढीपहिरो पीडितका लागि निर्मित घर हस्तान्तरण गरिएको बेनी नगरपालिकाले जनाएको छ । बेनपा–६ अर्थुङ्गे क्षेत्रमा ३ घर तथा १० नम्बर वडा पात्लेखेतमा १ वटा घर निर्माण गरी नवनिर्मित घरको डमी चाबी हस्तान्तरण गरिएको हो । उक्त चाबी बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र मोनाका अध्यक्ष ओमनारायण जुग्जालीले हस्तान्तरण गरेका थिए ।

बेनपा–६, चुत्रेनीका बाटुलीदेवी थापा, डम्बराका भीमबहादुर थापा र राहुवडाका पूर्णबहादुर विक तथा पात्लेखेतका धनदेवी नेपालीलाई नयाँ घरको चाबी हस्तान्तरण गरिएको थियो । प्रति घर पाँचलाख रुपैयाँको लागतमा निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गरिएको मोनाका सचिव रमेश पौडेलले बताए । कार्यक्रमको अवसरमा मोनामार्फत पीडितको घर निर्माणकार्यमा समन्वय र सहयोग गरेको भन्दै नगर प्रमुख श्रेष्ठ, प्रजिअ अधिकारी, ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, दल शेरपुजा र दुर्गा बुढामगरलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । सोही क्रममा बेनी नगरपालिकाले पनि मोनाका पदाधिकारीलाई सम्मान गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हरिकुमार श्रेष्ठले मोनामार्फत घर निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गर्नु उदाहरणीय काम भएको बताए । उनले आगामी दिनमा पनि बेनी नगरपालिकाले मोनासँग आवश्यक समन्वय र सहकार्य गर्ने बताउँदै नगर क्षेत्रमा गतवर्ष मात्रै ५८ भन्दाबढी पूर्ण क्षति भएका घरको तथ्याङ्क सङ्कलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमा विवरण पठाइएको बताएका छन् । प्रजिअ गणेशबहादुर अधिकारीले सरकारले बनाइदिने बाढीपहिरो प्रभावितको घर निर्माणका लागि धवलागिरि र मंगला गाउँपालिकाले दोस्रो किस्ता माग गरेको भए पनि अन्य स्थानीय तहबाट माग नआएको जानकारी दिए ।

कार्यक्रमको समापन गर्दै मोनाका अध्यक्ष जुग्जालीले नवनिर्मित घरको पूर्णरुपमा भोगचलन गर्न लाभग्राहीलाई आग्रह गर्दै नगरपालिकामार्फत संरक्षण गर्न अनुरोध गरेका छन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले मन्तव्य राखेका थिए । मोनाका अध्यक्ष जुग्जालीको अध्यक्षता, उपाध्यक्ष सुर्ये भट्टचनको स्वागत र सचिव रमेश पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, मोनाका संरक्षक सुवासकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

गतवर्ष भीषण वर्षासँगै आएको बाढीपहिरोले म्याग्दी जिल्लामा कुल २ सय ४७ घरमा पूर्ण रुपमा क्षति पु¥याएको थियो । तीमध्ये मोनाले जिल्लाको ६ वटै स्थानीय तहमा कुल दुई करोड रुपैयाँको लागतमा ४० वटा घर निर्माण गरी हस्तान्तरणको कार्यक्रम समेत सुरु गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width