वक्तृत्वकलामा तनहुँका दिग्विजय प्रथम

आदर्श समाज सम्वाददाता
असार १४, २०७८
Baktritwakala Pratiyogita News 2078 final

पोखरा  । तनहुँका दिग्विजय लामिछाने प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका छन् । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ विषयक प्रतियोगितामा तनहुँ महेश संस्कृति गुरुकुल विद्यालयका कक्षा १० का लामिछाने २ सय २४ प्रतिष्पर्धीलाई उछिन्दै प्रथम भएका हुन् । उनले तिजसँगै १५ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको सहयोग, प्रदेश खेलकुद परिषद गण्डकी र जिल्ला खेलकुद विकास समिति कास्कीको संयुक्त आयोजना, नेपाल ओलम्पिक कमिटीको तत्वाधान, स्पोर्टस् फर अल कमिसन गण्डकी र भूतपूर्व खेलाडी मञ्च नेपालको सहकार्यमा ओलम्पिक डे अवसरमा सो प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा पर्वतको हिमालय मावि कक्षा १० की छात्रा दीपशिखा सुवेदी दोस्रो हुँदै १० हजार प्राप्त गरिन् ।
प्रतियोगितामा नवलपुरको जन माध्यमिक विद्यालय कक्षा ९ का छात्र सुदर्शन ढकाल तेस्रो हुँदै ७ हजार प्राप्त गरे । रत्नज्योति मावि कास्की कक्षा १० की समीक्षा अधिकारी चौथो हुँदै ५ हजार पाइन् ।
गण्डकी बोर्डिङका छात्र आस्तिका बास्तोला, एसओएस हर्मन माइनरकी छात्रा समीक्षा अधिकारी, सत्यवती मावि तनहुँका गौरव सापकोटा, नलवपुर आवासीय माविकी गृष्मा पाठक, फिसटेल एकेडेमी कास्कीकी प्राप्ति लम्साल र भीमसेन आदर्श मावि नलवलपुरका विक्रम गिरी सान्त्वना हुँदै २ हजार साथमा मेडल तथा प्राप्त गरे ।
भर्चुअलमार्फत भएको प्रतियोगितामा राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुद पदक जित्नका लागि मात्रै राष्ट्रिय गौरव बढाउन खेलकुदको भूमिका महत्वपूर्ण रहने बताए ।
स्पोर्टस् फर अल कमिसनका चेयरपर्सन विष्णुगोपाल श्रेष्ठले असल नागरिकको उत्पादन र समाजमा शान्तिको सन्देश प्रवाह गर्न खेलकुदको भूमिका महत्वपूर्ण रहने बताए ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरिप्रसाद पराजुली, कार्यक्रम संयोजक केशव पाठकले बोलेका थिए । प्रतियोगितामा राखेप सदस्य रिमबहादुर रानाभाट, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना र प्राध्यापक राजेश घिमिरेले निर्णायक थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width