पाल्पाली सहकारीको रक्तदान

आदर्श समाज सम्वाददाता
असार १३, २०७८
palpali sahakari~

पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तेस्रो स्थापना दिवस अवसरमा शनिबार पोखरामा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ ।
प्रमुख अतिथि पोखरा–९ का वडाध्यक्ष रामराज लामिछानेले पहिलो रक्तदाता पाल्पाली समाज पोखराका निवर्तमान अध्यक्ष एवं पाल्पा हाउसका अध्यक्ष कुलप्रसाद घिमिरेलाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले सहकारीले स्थापना दिवस अवसरमा हरेक वर्ष नियमित रक्तदान कार्यक्रम गर्दै आएको बताए ।
पाल्पाली समाजका अध्यक्ष एवं सहकारीका सचिव रेशम रचक थापाले यो कार्यक्रमले कोरोना महामारीबीच रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन नदिन सघाउ पुग्ने बताए ।
कार्यक्रम संयोजक एवं समाजका प्रथम उपाध्यक्ष बालचन्द्र परियारले स्वागत मन्तव्यसहित कार्यक्रमबारे प्रकाश पारेका थिए भने संचालन सहकारी सहसचिव युमाया पचभैयाले गरेकी थिइन् । पोखरा ९, नयाँबजारस्थित सहकारीको कार्यालय परिसरमा कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कार्यक्रम भएको हो । सहकारीमा हाल करिब ४ सय जना सेयर सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width