प्रदेश खेलकुद परिषद्को सय दिन

आदर्श समाज सम्वाददाता
असार ११, २०७८
sports council (1)

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीको गठन भएको हनिमुन पिरियड अर्थात् १ सय दिन पुगेको छ । संघीय संरचना अन्तर्गत गठन भएको प्रदेश खेलकुद परिषद १ सय दिन पुगेको अवसरमा एक पत्रकार भेटघाट कार्यक्रम मार्फत् हालसम्म भए गरेका गतिविधिहरु सार्वजनिक गरेको हो ।
परिाषदले १ सय दिन भित्रका आफ्ना गतिविधिहरु सार्वजनिक गर्दै परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले प्रदेशको खेलकुद विकासका लागि उत्साहित हुँदै अघि बढेको बताए । उनले भने, ‘हामी चुनौतीकाबीच प्रदेशको खेलकुद विकासका लागि अघि बढेका छौं । हामीबीच बग्रेल्ती चुनौती छन् तर पनि हामी उत्साहित छौं ।’ समाजमा मात्रै नभई राजनीतिक नेतृत्वमा समेत खेलकुद विकासको चेतना र महत्व जगाउन आवश्यक रहेको धारणा राख्दै उनले भने,‘खेलकुदको महत्व जबसम्म राजनीतिकर्मीले बुझ्दैनन तबसम्म खेलकुद विकास अघि बढ्न सक्दैन ।’
नेपाली खेलकुदको संरचनागत रुपमा इतिहास लामो भए पनि अहिले पनि जिल्ला खेलकुदका कार्यालयहरु भाडामा सञ्चालन हुँदै आएको बताउँदै सदस्य सचिव गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि पहिलो लक्ष्य विभिन्न खेलकुदका प्रशिक्षकहरु उत्पादन गर्नेतर्फ परिषद अघि बढेको जानकारी दिए । उनले १ सय दिनमा परिषदले ४ वटा बोर्ड बैठक, २ वटा कार्य समितीको बैठक तथा जिल्ला अध्यक्षहरुको सहभागितामा जुम बैठकहरु सम्पन्न गरिएको बताए ।
परिषदले पोखरा रंगशालामा करिब ६५ लाखको लागतमा प्रशासनिक भवनको निर्माण गरिरहेको बताउँदै सदस्य सचिव गुरुङले पोखरा रंगशालामा शौचालयको समस्या देखिएको बताउँदै करिब २५ लाखको लागतमा यहि असार मसान्तसम्म निर्माण सम्पन्न हुने गरी निर्माण कार्य अघि बढेको बताए । परिषदले यो बीचमा आफ्नो लोगो र भिजन स्टेटमेन्ट समेत तयार गरी अघि बढेको बताउँदै आर्थिक वर्ष २०७८–०७९ का लागि नवनियुक्त मुख्यमन्त्रीलाई बधाई दिँदै कम्तीमा पनि प्रदेशको कुल बजेटको २ प्रतिशत बजेट विनियोजनका लागि आग्रह गरिएको उनले बताए । उनले प्रदेश सरकारका मुख्यमन्त्रीलाई १३ औं दक्षिण एसियाली खेलकुद र ८ औं राष्ट्रिय खेलकुदमा पदक विजेताहरुलाई प्राथमिकताका आधारमा कोभिड विरुद्धको खोप यथाशीघ्र उपलब्ध गराउन आग्रह गरिएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै