पोखरा । आधुनिक खेल प्रारम्भ भएको दिनको स्मरण गर्दै बुधबार ओलम्पिक डे मनाइएको छ । विभिन्न खेल संघ संस्था, खेलाडी तथा प्रशिक्षकहरुको सहभागितामा दिवस मनाइएको हो ।
प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की, स्पोर्टस फर अल कमिसन गण्डकी र नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको संयूक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ को महामारी जारी रहेकै बेला विशेष सुरक्षाका साथ पोखरामा ओलम्पिक डे मनाइएको हो ।
पोखरा रंगशालाको हातामा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले परिषद र ओलम्पिक कमिटीबीचको सम्बन्ध बलियो भने मात्रै खेलकुद विकासले गति लिने बताए ।
प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सदस्य सचिव गुरुङले ओलम्पिक डेको सन्दर्भमाथि प्रकाश पार्दै सबै खेल संघ–संस्थाबीच आपसी समझदारीको विकास भयो भने मात्रै खेलकुद गतिविधि अघि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानिया, स्पोर्टस फर अल कमिसन गण्डकीका संयोजक खड्गबहादुर रानाभाट, भूतपूर्व खेलाडी मञ्च नेपालका कार्यवाहक अध्यक्ष हरिप्रसाद पराजुली, पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष दीपकबहादुर गोदार लगायतले ओलम्पिक डे को महत्वमाथि प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले कोभिडका १९ का कारण समस्यामा रहेका फरक क्षमताका ४ जना खेलाडीलाई राहत स्वरुप जनही ५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरेको छ । सहयोग पाउनेमा भरत बानिया, लक्ष्मी सुनार, रमेश परियार र सिर्जना परियार छन् ।
ओलम्पिक डेका अवसरमा आयोजित उक्त कार्यक्रममा बक्सिङ, जुडो, मुआथाई र भारोत्तोलनका खेलाडीहरुले आ–आफ्नो खेल प्रदर्शन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१