जनप्रियलाई कृषि विकास बैंकको सहयोग

आदर्श समाज सम्वाददाता
असार १०, २०७८
janapriya

पोखरा । कृषि विकास बैंकले जनप्रिय बहुमुखी क्याम्पसलाई शैक्षिक सामग्री, कम्प्युटर तथा प्रोजेक्टर हस्तान्तरण गरेको छ । बैंकको गण्डकी प्रदेश कार्यालयले डेल कम्पनीको ब्राण्डेड २ थान कम्प्युटर र इप्सनको प्रोजेक्टरसहित अन्य शैक्षिक सामग्री प्रदान गरेको हो ।
बैंक सञ्चालक समिति सदस्य हरिप्रसाद पराजुलीले सहयोग सानोजस्तो लागे पनि यसको सन्देश ठूलो रहेको बताए । उनले क्याम्पसलाई कर्जा सुविधा दिन तत्पर रहेको जनाउँदै घरआँगनको बैंकमा आर्थिक गतिविधि गर्न आग्रह पनि गरे । उनले श्रमबजारलाई चाहिने दक्ष जनशक्ति उत्पादनमा क्याम्पसले दिएको योगदानबाट बैंक वित्तीय क्षेत्रमात्रै होइन, समुदाय नै लाभान्वित भएको बताए ।
बैंकका गण्डकी प्रदेश निर्देशक रघुनाथ अधिकारीले समुदायमा आधारित नाफारहित क्याम्पससँग जोडिन पाउनु बैंकको गौरव भएको उल्लेख गरे । २०४२ सालबाट कम्प्युटर प्रणालीबाट सेवा दिँदै आएको बैंकले शैक्षिक संस्थालाई प्रविधिमैत्री बनाउन शैक्षिक सामग्री र कम्प्युटर उपकरण हस्तान्तरण गरिएको जनाए ।
बैंकका मुख्य शाखा प्रबन्धक माधव रिजालले वित्तीय कारोबार गर्ने बैंकले नाफाको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने अनिवार्य प्रावधान अनुसार सामुदायिक क्याम्पस जनप्रियलाई रोजिएको बताए ।
क्याम्पस प्रमुख विरञ्जी गौतमले बैंकले प्रदान गरेको शैक्षिक सामाग्री व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीका लागि सहयोगी हुने बताए ।
क्याम्पस व्यवस्थापन समिति अध्यक्ष तारा गिरीले शैक्षिक र वित्तीय संस्थाबीच कार्यगत एकता हुनु सकारात्मक हो भने ।
उपप्रशासक एकनारायण अर्यालले कोरोना महामारीका कारण क्याम्पसले अनलाइनमार्फत् भर्चुअल कक्षा सञ्चालन गरिरेहेको अवस्थामा बैंकद्वारा प्रदान गरिएका सामाग्रीले पठनपाठनमा सहयोग पुग्ने बताए ।
कृषि विकास बैंकले स्थापनाको ५४ वर्ष पार गरिसकेको छ । नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयरमा २ लाख ५० हजारभन्दा बढी शेयर सदस्य आवद्ध छन् ।

Related News

सम्बन्धित समाचार

    • पोखरामा मनाङ मर्स्याङ्दीको होम ग्राउन्ड र एकेडेमी

      धनबहादुर गुरुङ श्रावण १४, २०७८
      पोखरा । ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दी (एमएमसी) लाई पोखरा रंगशाला घरेलु मैदानको रुपमा प्रयोग गर्न दिने गरी राष्ट्रिय खेलकुद परिषद्…
    • महानगरका सरसफाइकर्मीलाई स्वास्थ्य सामग्री

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा । नेपाल विकास समाजले पोखराका सरसफाइकर्मीलाई स्वास्थ्य सामग्रीसहित खाद्यान्न सहयोग गरेको छ । पोखराको दमकल कार्यालयमा कार्यक्रम गरी ६५…
    • प्रेस संयोजक कोइरालालाई बधाई

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक भरत कोइरालालाई प्रेस युनियन कास्कीले बधाई तथा शुभकामना दिएको छ ।…
    • ट्राफिक कार्यालयको सूचना सम्प्रेषण अभियान

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा । जिल्ला ट्राफिक कार्यालय, कास्कीले सूचना सम्प्रेषण अभियान सुरुआत गरेको छ । कोरोना नियन्त्रण र सवारी दुर्घटना कम गर्न…
    • पर्यटन व्यवसायीले मागे खोप

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा  । पोखराका पर्यटन व्यवसायीले कोरोनाविरुद्ध खोप माग गरेका छन् । उनीहरुले कोरोनाका कारण थलिएको पर्यटन चलायमान बनाउन तत्कालका लागि ५…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads