रुपा गाउँपालिकाको बजेटः ‘एक घर एक टनेल’

रासस
असार ९, २०७८
rupa

गण्डकी । कास्कीको रुपा गाउँपालिकाले कृषिको आधुनिकीकरण एवम् व्यावसायिकरणलाई जोड दिंँदै एक घर एक टनेल कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको नवौँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले व्यावसायिक कृषिका माध्यमवाट स्थानीयवासीलाई स्वरोजगार बनाउँदै उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य लिइएको बताउनुभयो ।
“एक घर एक उत्पादन” भन्ने लक्ष्यका साथ यस बर्ष “एक घर एक टनेल” कार्यक्रम शुरु गर्न लागिएको नीति तथा कार्यक्रममा जनाइएको छ । पानी, हावा र असिना समेतबाट जोगाउनुका साथै सानो जग्गामा बढी उत्पादन लिन सकिने टनेल प्रति कृषकको आकर्षण बढेसंँगै गाउँपालिकाले एक घर एक टनेलको अवधारणा अघि सारेको हो ।
“गत आर्थिक बर्ष गाउँपालिकाको आर्थिक सहयोगमा विषेश क्षेत्र निर्धाण गरी १५० वटा टनेल निर्माण गरिएको थियो” उहाँले भन्नुभयो, “ विगतको कार्यक्रम प्रभावकारी देखिएसंँगै सवै वडाका बासिन्दाको आकर्षण बढेको हुँदा यस वर्ष एक घर एक टनेलको अभियान सञ्चालन गरिएको हो ।”
कृषकको मागअनुसार गाउँपालिकाका सात वटा वडाका कूल चार हजार एक सय घरमा टनेल निर्माणका रु ८३ लाख बराबरको बजेट विनियोजन गरिएको छ ।
गाउँसभामा आर्थिक वर्ष २०७८।०७९ का लागि रु ४७ करोड ६८ लाख ३५ हजारको बजेट प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रम र बजेटमा कोभिड–१९ रोकथाम एवं नियन्त्रण तथा सडकलाई प्राथमिकतामा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width