पोखरा । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार प्रदेशका स्वास्थ्यका अधिकारीसँग वृहत छलफल गरी आवश्यक निर्देशन दिएका छन् । मुख्यमन्त्रीमा बहाली भइसकेकापछि नीति तथा कार्यक्रम र बजेट सदनमा प्रस्तुत भइसकेको अवस्थामा सरकारका कार्यक्रम कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा उनले छलफल गरेका थिए ।
छलफलमा सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्का, मन्त्रीहरु राजीव गुरुङ, मधुमाया अधिकारी गुरुङ र हरिशरण आचार्य समेत सहभागी थिए । प्रदेशमा कोरोना महामारी नियन्त्रण र उपचारका क्रममा भएका प्रगति विवरण स्वास्थ्य सचिव विनोद कुँवरले प्रस्तुत गरेका थिए । अरु प्रदेशभन्दा गण्डकीमा कोभिड नियन्त्रणका लागि उदाहरणीय कार्यक्रमहरु भएको उनले जानकारी गराए ।
सबै जानकारी लिइसकेपछि मुख्यमन्त्री पोखरेलले स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको, प्रदेशका अस्पतालहरुमा जनशक्ति अपुग भएको र अझै पनि जिल्ला अस्पतालहरुमा पर्याप्त सुविधा नभएको गुनासो सुनेकाले ती समस्या समाधान गर्न तत्काल पहल गर्ने बताए । उनले भएका समस्याका बारेमा सरकालाई जानकारी गराउन आग्रह गर्दै कुनै गुनासो नआउने गरी काम गर्न निर्देशन समेत दिए । स्वास्थ्यकर्मीले जोखिमभत्ता नपाउनको कारण खोजेर तत्काल रकम निकासका पहल आफूले गर्ने उनले बताएका छन् ।
सरकारका प्रवक्ता कुमार खड्काले बजेटमा सरकारले कोभिड संक्रमणबाट ज्यान गुमाएका व्यक्ति टुहुरा बालबालिकालाई नगद राहत लगायत व्यवस्था गरेकाले त्यसलाई कार्यान्वयनमा लैजानका लागि पर्ने वाधाहरु फुकाउन निर्देशन दिए । तथ्यांक संकलन, कार्यविधि निर्माणका लगायतका काम तत्काल गर्नुपर्ने भएकाले त्यहि अनुसार जुट्न उनले आग्रह गरे ।
उक्त अवसरमा प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले अहिले प्रदेशमा सुरु भएको हेलो डाक्टर अभियान निकै प्रभावकारी भएको, जिल्ला जिल्लामा स्वास्थ्यकर्मीको घुम्ती टोली पठाएको, होम आइसोलेसनमा रहेकाहरुलाई फोन गरेर सुझाव दिने गरेको जानकारी गराए ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. खीमबहादुर खड्काले प्रदेशमा पछिल्लो अवधिमा धेरै राम्रा स्वास्थ्य उपकरणहरु खरिद भएको, सबै जिल्ला अस्पतालहरुमा एचडियु सञ्चालनमा आएको बताए ।
सरुवा तथा संक्रामक रोग अस्पतालका प्रमुख डा. विकास गौचनले अस्पतालमा हाइफ्लो अक्सिजन प्लान्ट जडानका लागि काम भइरहेको र सामान आउने क्रममै रहेको जानकारी गराए । प्रदेश मातहतका ११ वटै जिल्ला अस्पतालको सिकाइ केन्द्र संक्राम रोग अस्पतालाई बनाउने गरी आफूहरुले काम गर्दै आएको पनि उनले बताए ।
Related News
सम्बन्धित समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१