आविष्कार केन्द्रलाई लण्डनका नेपाली सेफ अर्जुन थापाले दिए एक लाख

आदर्श समाज सम्वाददाता
असार १, २०७८
arjun thapa

काठमाडाैं ।  विगत १५ वर्षदेखि वेलायतमा रहेर नमस्ते गोर्खा नेपलीज रेष्टुरेण्ट लण्डनमा सञ्चालन गर्दे आउनुभएका तनहुँ बन्दीपुर नगरपालिका —१ बेलभञ्ज्याङ निवासी अर्जुनबहादुर थापाले महावीर पुनले सञ्चालन गर्दै आउनुभएका राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ ।

कोभिड १९ विरुद्ध सो आविष्कार केन्द्रले गर्दे आएको स्वास्थ्य सामग्री उत्पादन लगायतका काममा सहयोग पुग्ने गरी इन्टरनेशनल नेप्लीज सेफस सोसाइटीका अध्यक्ष समेत रहनुभएका अर्जुन बहादुर थापाले एक लाख रुपैया नगद सहयोग गर्नुभएको हो ।

उहाँले कोभिड विरुद्धको काममा सहयोग गर्न पाउँदा खुशी लागेको थापाले बताउनुभयो । होटेल म्यानेजमेण्ट एण्ड ट्रेनिङ सेन्टर हालको नाथमबाट तालिम लिएर पछि त्यहि प्रशिक्षक समेत रहनुभएका थापाले नेपाल, दुवई, जापान र युकेमा नेपाली, भारतीय तथा अन्य विभिन्न खाना पकाउने काममा तीन दशकको अनुभव हासिल गर्नुभएको छ ।

विदेशी नेपाली माझ प्रतिष्ठित सेफसका रुपमा परिचित थापाले हाल नमस्ते गोर्खा रेष्टुरेण्ट लण्डनको फेल्थममा चलाउँदै आउनुभएको छ । हाल लण्डनकै प्रसिद्ध फ्रेन्च कुकीङ स्कूलमा कुलीनरी आटर्स एण्ड म्यानेजमेण्टमा स्नातक अध्ययनरत थापा व्रिटीस करी अवार्ड विजेता पनि हुनुहुन्छ । उहाँ बिजनेस एडमिनिस्टे«सनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक हुनुहुन्छ ।

Related News

सम्बन्धित समाचार

    • पहिरोले बस्ती जोखिममा

      सविन लामिछाने असार २८, २०७८
      दमौली । बन्दीपुर २ का सन्तबहादुर नेपाली पहिरोमा पुरिएको बाबियो निकाल्दै गरेको अवस्थामा शनिबार दिउँसो भेटिए । नयाँ घर छाउन केही…
    • मनाङका सरकारी कार्यालयमा आजबाट सोलार जडान सुरु

      आदर्श समाज सम्वाददाता असार २०, २०७८
      पोखरा । बाढीपहिरोका कारण विद्युत सेवा विच्छेद भएको मनाङ सदरमुकामम चामेका सरकारी कार्यालयमा सोलार जडान आजबाट सुरु भएको छ । ४२…
    • बाढीपहिरामा मृत्यु भएका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने   

      आदर्श समाज सम्वाददाता असार १६, २०७८
      काठमाडौं । नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसको बाढी पहिरो विपद्…
    • रोटरी लेकसाइडले बनाइदियो घर

      आदर्श समाज सम्वाददाता असार १५, २०७८
      पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडले आर्थिक स्थिति कमजोर रहेका एक परिवारलाई घर नै निर्माण गरेर हस्तान्तरण गरेको छ ।…
    • पाेखरामा जैन मुनिको स्वागत

      आदर्श समाज सम्वाददाता असार १५, २०७८
      पोखरा । मानव मिलन अन्तर्राष्ट्रिय संस्थाका संस्थापक नेपालकेशरी डा. मणिभन्द्र मुनि महाराज र विराग मुनि महाराज सोमबार कास्की प्रवेश गरेका…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads