पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार पारित भएको छ । प्रदेश सभामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिमूलक रुपमा छलफल गरी पारित गरिएको हो ।
छलफलमा सबै दलका सांसदले भाग लिएका थिए । प्रतिपक्षका सांसदहरुले पहिलाका नीति तथा कार्यक्रमहरुलाई प्राथमिकतामै राखेर अगाडि बढ्न सरकारलाई सुझाव दिएका थिए । सत्ता पक्षका सांसदहरुले सरकार गठन भएको छोटो अवधिमा बनाइएको नीति तथा कार्यक्रममा धेरै विषय समेट्न खोजे पनि कतिपय छुटेकामा बजेटमा समावेश गरेर जाने बताए ।
सांसदले उठाएका प्रश्नमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएका थिए । उनले सरकार निर्माणका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै आगमी दिनमा पनि सहयोगको अपेक्षा गरे । उनले खासगरी प्रमुख प्रतिपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विशेष धन्यवाद दिए । उनले भने, ‘उहाँको सहयोगबिना यो नीति तथा कार्यक्रम आउन सम्भव थिएन, बजेट निर्माणमा पनि उल्लेख्य सहयोग छ ।
सरकारले आजै बजेट ल्याउँदै छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा आफै बजेट प्रस्तुत गर्ने छन् । पोहोर करिब ३४ अर्बको बजेट ल्याएको प्रदेश सरकारले यो वर्ष त्यो भन्दा केही घटेर बजेट ल्याउँदैछ ।
Related News
सम्बन्धित समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१