गण्डकीमा ८०८ कोरोनामुक्त

आदर्श समाज सम्वाददाता
जेठ २८, २०७८
Corona Banner

पोखरा।  गण्डकी प्रदेशमा ८ सय ८ जनाले कोरोना जितेका छन् । योसँगै प्रदेशमा कोरोना जित्नेको संख्या ४१ हजार ६ सय ६१ पुगेको छ ।

बिहीबार प्रदेशमा थप ५ सय ६६ जनामा कोरोना पोजेटिभ देखिएको छ । १ हजार ६ सय ३३ जनाको नमुना परीक्षणमा ३४ दशमलब ६६ प्रतिशतमा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो । तीमध्ये कास्कीका १ सय १८, म्याग्दीका २१, पर्वतका ४, गोरखाका ७८, लमजुङका ५१, तनहुँका ७१, बागलुङका ८१, स्याङ्जा ४७ र नवलपुरका ९५ जना छन् । योसँगै गण्डकीमा संक्रमितको कुल संख्या ४९ हजार ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८०८ जना निको भएका छन् । नेपालभर संक्रमित हुनेको संख्या १७ हजार ७ सय १४ पुगेको छ ।

देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ ।

यसैबीच, गएको २४ घन्टामा देशभर ३ हजार ७ सय ४९ संक्रमित थपिएका छन् भने निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५ सय ९१ पुगेको छ ।

प्रदेशमा थप १८ को मृत्यु
गण्डकीमा थप १८ कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये कास्कीका ६, गोरखा र बागलुङका ३÷३, नवलपुरका २, म्याग्दी, तनहुँ, स्याङ्जा र रुपन्देहीका १–१ जना छन् ।

पोखरा महानगरपालिका २५ का ८९ वर्षीय पुरूषको चरक मेमोरियल अस्पतालमा उपचार क्रममा मृत्यु भएको छ । पोखरा १५ का ३९ वर्षीय पुरूषको होम आइसोलेसनमा निधन भएको छ । पोखरा ११ का ९० वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पतालमा, पोखरा ७ का ५१ वर्षीय पुरूषको नमस्ते अस्पतालमा, पोखरा २ की ४७ वर्षीया महिला र पोखरा ५ का ७० वर्षीय पुरूषको चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको छ ।

यसैगरी, नवलपुरको मध्यविन्दु नगरपालिका ९ का ५२ वर्षीय पुरूषको कलेज अफ मेडिकल साइन्स, चितवनमा उपचारक्रममा मृत्यु भएको छ । नवलपुरकै मध्यविन्दु नगरपालिका २ का ८५ वर्षीय पुरूषको मध्यविन्दु अस्पतालमा, म्याग्दी मालिका गाउँपालिका ४ का ५५ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, गोरखाको सिरानचोक गाउँपालिका ३ का ९२ वर्षीय पुरूषको भरतपुर अस्पतालमा ज्यान गएको छ ।

यस्तै, गोरखा अजिरकोट गाउँपालिका ५ की ६२ वर्षीय पुरूषको होम आइसोलेसनमा मृत्यु भएको छ । गोरखाकै पालुङटार नगरपालिका–३ की ८० वर्षीय महिलाको भरतपुर अस्पतालमा उपचार क्रममा निधन भएको छ ।

उता, बागलुङको गल्कोट नगरपालिका ६ का ६८ वर्षीय पुरूषको मेडिप्लस अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । बागलुङकै निसीखोला गाउँपालिका ५ का ६२ वर्षीया महिलाको धौलागिरी अस्पतालमा, गल्कोट नगरपालिका ४ का ६० वर्षीय पुरूषको गल्कोट अस्थायी कोरोना अस्पतालमा निधन भएको छ ।

तनहुँ शुक्लागण्डकी नगरपालिका–८ की ४६ वर्षीय महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको ज्यान गएको छ । स्याङ्जा पुतलीबजार नगरपालिका ७ की ७२ वर्षीया महिलाको पनि गण्डकी मेडिकल कलेज, पोखरामा उपचारक्रममा निधन भएको छ । रूपन्देही बुटवल उपमहानगरपालिका २ का २८ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय १७ पुगेको छ । बिहीबार नेपालभर ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width