मेलानको रक्तदानमा ९२ युनिट संकलन

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७८
melan

पोखरा । मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपाल (मेलान) गण्डकी प्रदेश तथा कास्की जिल्ला मेलानको स्थापना दिवसमा रक्तदान कार्यक्रम भएको छ । रक्त सञ्चार केन्द्र पोखरा प्राविधिक सहयोगमा भएको कार्यक्रममा ९२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक भरतराज सिग्देलले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा डुकबहादुर क्षेत्रीले मेलानको भूमिका विषम परिस्थितिमा देशलाई परेको बेला सामाजिक उत्तरदायित्व बहन गर्न उदारणीय रहेको भन्दै प्रशंसा गरे ।

यसैबीच, पोखरा विश्वविद्यालय स्वास्थ्य संकायको डिनमा नियुक्त प्रयोगशाला विज्ञ प्राडा अमर नागिला र संस्थाका पूर्व केन्द्रीय उपाध्यक्ष ललितमान ताम्राकारलाई सम्मान गरियो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका डिन प्राडा नागिला, प्रदेश जनस्वास्थ प्रयोगशाला गण्डकीका निर्देशक सपना सुवेदी, पोखरा–८ का अध्यक्ष रुद्रनाथ बराल, मेलान केन्द्रीय सचिवालय सदस्य रवीन्द्र शर्मा वस्ताकोटी, रक्त सञ्चार केन्द्र प्रमुख तथा मेलान केन्द्रीय सदस्य अर्जुन ज्ञवाली लगायतले बोलेका थिए ।

मेलान गण्डकी अध्यक्ष सूर्यप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कास्की सचिव गणेश थपलियाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width