घुम्ती रक्तदानमा ४० युनिट संकलन

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७८
blood donation

पोखरा । रक्त सञ्चार केन्द्र पोखराको घुम्ती रक्तदान कार्यक्रमअन्तर्गत रेडक्रस सोसाइटी, पोखरा उपशाखा वडा २ र ३ को सहकार्यमा ढिकुरपोखरी उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ४० युनिट रगत संकलन भएको रेडक्रस पोखरा २ र ३ उपशाखाका सभापति खगेन्द्रराज पराजुलीले जानकारी दिए ।

पोखरा २, विन्ध्यवासिनीस्थित सराङकोटचोकमा आयोजित कार्यक्रममा वडाध्यक्ष रामेश्वर मल्ल, वडा सदस्यद्वय गौतम विजुक्छे, गोमा, सुवेदी, उपशाखा २ र ३ र ढिकुरपोखरीका कोषाध्यक्ष बावुराम भण्डारी लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width