पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८ स्थित अग्निहोतृ पं. केदारनाथ÷गुरुआमा दिव्यश्वरी उपाध्याय तिमिल्सिना स्मृति ग्रन्थ–२०७८ लोकार्पण भएको छ ।
केदारनाथ उपाध्यायको वार्षिक पुण्यतिथिमा आइतबार आयोजित समारोहमा विद्याश्रमका सल्लाहकार लक्ष्मीराज शर्मा गौतमले ग्रन्थ लोकार्पण गर्दै वेदगुरुको कीर्ति कायम राख्न सबै एकसाथ लाग्नुपर्नेमा जोड दिए । वेदगुरुले रुद्राभिषेक, सन्ध्योपासना र शुक्लयजुर्वेद अध्ययनलाई सारस्वरसहित गर्नुपर्ने वैदिक नियमलाई कायम राख्दै वेदगुरुका उत्पादक र विद्याश्रम परिवार लागे गुरुको स्मरण चिरस्थायी हुने बताए ।
कृतिमाथि समीक्षा गर्दै धर्मशास्त्री गुरु गंगाधर तिमिल्सिनाले वेदगुरुले वैदिक ज्ञानको संरक्षण नै सबैको आवश्यकता भएको बताए ।
विद्याश्रमका प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले स्व. पिताको जिम्मेवारीलाई निर्वाह गर्न प्रतिबद्ध भएर लाग्ने भन्दै वैदिक नियम र धर्मको संरक्षणमा सबैले साथ र सहयोग दिन आग्रह गरे ।
स्मृति ग्रन्थका प्रधानसम्पादक डा. बलराम उपाध्याय रेग्मीले वेदगुरुको संगतले आफूलाई धेरै कुरा सिकाएको बताए । उनले स्मृति ग्रन्थ नै मूल्यवान सम्पत्ति भएकाले यस्तो चिरस्थायी सम्पत्तिको जिम्मेवारी दिएर आश्रम परिवारप्रति धन्यवाद दिए ।
नेपाल टेलिभिजनका राजेन्द्रराज तिमिल्सिनाले अग्निहोतृ यज्ञको महिमा प्रष्ट्याउँदै वैदिक ज्ञान र नीतिले सबैलाई अनुशासनको पाठ सिकाउने बताए ।
विद्याश्रम कार्यसमिति उपाध्यक्ष दुर्गानारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्याश्रमका व्यवस्थापन समिति अध्यक्ष मणिरत्न अधिकारी, समाजसेवी तथा मानवशास्त्री रुद्रप्रसाद तिमिल्सिना सचिव गंगासागर उपाध्याय लगायतले वेदगुरुको कीर्ति जिवन्त राख्न सबै एकजुट हुनुपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१